भारतको विदेशी मुद्रा सञ्चिति ५८१.२१ अर्ब डलर काठमाडौं। भारतमा विदेशी मुद्रा सञ्चिति बढेको छ। भारतीय रिजर्भ बैंक (आरबीआई)का अनुसार अप्रिल ९ मा त्यस्तो सञ्चिति बढेको ५८१.२१ अर्ब डलर पुगेको छ। आरबीआईले सञ्चितिमा ४.३४ अर्ब डलर वृद्धि भई उक्त आँकडामा पुगेको बताएको छ। अप्रिल २ मा यस्तो सञ्चिति २.४२ अर्ब डलर घटेर ५७६.२८ अर्ब डलर थियो। जनवरी २९ मा भने सञ्चिति ५९०.१८ अर्ब डलरसहित उच्चतम स्तरमा थियो।(एजेन्सी)
प्रतिक्रिया दिनुहोस्