आठ महिनामा साढे एक अर्बभन्दा बढीको प्याज नेपाल भित्रियो
काठमाडौं । चालु आर्थिक वर्षको सुरुवाती आठ महिनामा एक अर्ब ५८ करोड ५९ लाख ६३ हजार रुपैयाँको प्याज विभिन्न देशबाट नेपाल भित्रिएको छ।
भन्सार विभागका अनुसार २०७७ साउन १ गतेदेखि फागुन मसान्तसम्मको अवधिमा सो मूल्य बराबरको प्याज नेपालले आयात गरेको हो। उक्त अवधिमा नेपालमा ३ करोड ९१ लाख ८८ हजार ३८९ केजी प्याज विभिन्न देशबाट भित्रिएको छ।
प्रतिक्रिया दिनुहोस्
