चीन सरकार अलीबाबा देखाउँदै अन्य टेक कम्पनीलाई तर्साउँदै
काठमाडौं। गत साता चीनको ई–कमर्स बिजनेस कम्पनी अलीबाबामाथि सरकारले २.८ बिलियन डलर जरिवाना गर्यो। कम्पनीले बजारमा वर्षौंदेखि आफ्नो ब्रान्डको दुरुपयोग गरेको आरोप लगाउँदै जरिवाना गरिएको हो।
मंगलबार चिनियाँ नियामक निकायका अधिकारीले ३४ वटा टेक कम्पनीलाई अलीबाबाको उदाहरण दिँदै चेतावनी दिए। सबै कम्पनीलाई एक महिनाको म्याद दिँदै सरकारले बनाएको नयाँ नियम पालना गर्न दबाब दिइयो। चीनमा अलीबाबाका ८००मिलियन प्रयोगकर्ता छन्।(बीबीसी)
प्रतिक्रिया दिनुहोस्
