सरकारको निर्णयप्रति सपिङ्ग मलका व्यापारी आक्रोशित
काठमाडौं। कोरोना सङ्क्रमण बढदै गएको अवस्थामा धेरै भीडभाड हुने क्षेत्र र सपिङ्ग मलहरू बन्द गर्ने सरकारको निर्णयप्रति व्यापारीहरू आक्रोशित भएका छन्। “बल्ल बल्ल कोरोना कहरबाट बाहिर आएर व्यापार हुने बेला सरकारले यस्तो निर्णय गर्दा हामीलाई मर्का परेको छ,” काठमाडौं मलमा कपडा पसल सञ्चालन गर्दैै आएकी इच्छा गुरुङले बताइन्। सरकारको निर्णयले व्यापारीहरूलाई दुःखी बनाएको उनले जनाइन्।
प्रतिक्रिया दिनुहोस्
