आठ महिनामा ३५ अर्बभन्दा बढीको धान–चामल नेपाल भित्रियो <p>काठमाडौं। चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो आठ महिनामा नेपालमा बिभिन्न देशबाट ३५ अर्ब १५ ३४ लाख करोड ८१ हजार रुपैयाँका धान तथा चामल भित्रिएको छ।&nbsp;</p> <p>भन्सार विभागका अनुसार २०७७ साउन १ गतेदेखि फागुन मसान्त सम्मको अवधिमा उक्त मूल्य बराबरको धान तथा चामल नेपाल भित्रिएको हो।</p> <p>पछिल्ला आठ महिनामा धान मात्र १३ अर्ब ६८ करोड ३४ लाख ४० हजारको भित्रिएको छ। सोही अवधिमा २१ अर्ब ४७ करोड ४१ हजार रुपैयाँको चामल नेपालले आयात गरेको छ।</p>
प्रतिक्रिया दिनुहोस्