सुनचाँदीको मूल्य सामान्य घट्यो
<p>काठमाडौं। आज सुनको मूल्य प्रतितोला एक सयले घटेको छ।</p>
<p>नेपाल सुनचाँदी व्यवसायी महासंघले हिजोको तुलनामा आज सुनको मूल्य घटेको जानकारी दिएको हो।</p>
<p>आज छापावाल सुनको मूल्य प्रतितोला ८९ हजार ५०० रुपैयाँ तोकिएको छ। यसैगरी, आज तेजाबी सुनको मूल्य ८९ हजार ५० रुपैयाँ कायम भएको छ।</p>
<p>सुनको मूल्य घटेको दिन चाँदीको भाउ पनि घटेर तोलामा एक हजार २६० रुपैयाँ कायम भएको छ।</p>
प्रतिक्रिया दिनुहोस्
