घट्यो विदेशी लगानी प्रतिबद्धता, आठ महिनामा करिब साढे २५ अर्बको प्राप्त
<p>काठमाडौं। चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो आठ महिना (साउन देखि फागुनसम्म) सम्मको अवधिमा कूल २५ अर्ब ४२ करोड रुपैयाँको विदेशी लगानी प्रतिबद्धता प्राप्त भएको छ। </p>
<p>अर्थ मन्त्रालयका अनुसार अघिल्लो आर्थिक वर्ष २०७६÷७७ को सोही अवधिमा प्राप्त विदेशी लगानी प्रतिबद्धताको तुलनामा १४.३ प्रतिशतले कमी हो। </p>
<p>गत आर्थिक वर्षको उक्त अवधिमा २९ अर्ब ६७ करोड रुपैयाँको विदेशी लगानी प्रतिबद्धता प्राप्त भएको थियो।</p>
प्रतिक्रिया दिनुहोस्
