काठमाडौं प्लाजा भवन खाली गर्न नेपाल ट्रस्टले पठायो पत्र
<p>काठमाडौं। नेपाल ट्रस्टको कार्यालयले काठमाडौं प्लाजा खाली गरी यही चैत ३१ गतेसम्म हस्तान्तरण गरिदिन कन्सेप्ट डेभलपर्स प्रा.लि.लाई भनेको छ। <br />
कन्सेप्ट डेभलपर्ससँगको लिज भाडामा लिने सम्झौता २०७७ असार २ गते नै सकिएकाले भवन खाली गर्न भनिएको ट्रस्टले बताएको छ। <br />
काठमाडौं प्लाजा भवन काठमाडौं महानगरपालिका–२८ कमलादीस्थित भवन खाली गर्न पटकपटक पत्राचार गर्दा पनि अटेर गरेकाले अन्तिम पटक सूचना प्रकाशित गरिएको ट्रस्टले जनाएको छ।</p>
प्रतिक्रिया दिनुहोस्
