खुद्रा व्यापारीलाई सहकारी ढाँचामा व्यवसाय थाल्न अर्थमन्त्रीको सुझाव
नेपाल खुद्रा व्यापार सङ्घको ४०औँ वार्षिक साधारणसभामा अर्थमन्त्रीले सहकारी ढाँचामा व्यवसाय गर्दा व्यवसाय विस्तारमा सहज हुने र ग्राहकले पनि सुपथ मूल्यमा समान पाउने बताएका हुन् ।

उनले भने, “सहकारी मोडलमा गएपछि ठूला बिक्रेतासँग प्रतिस्पर्धा गर्न पनि सहज हुन्छ ।”

खुद्रा व्यापारमा विदेशी लगानी रोक लगाइएको स्पष्ट पार्दै अर्थमन्त्रीले स्वदेशी ठूला व्यापारीसँग प्रतिस्पर्धा गर्न खुद्रा व्यापारी सङ्गठित भएर लाग्नुको विकल्प नभएको बताएका छन्।

व्यापार व्यवसायलाई पारदर्शी बनाउन सरकारले ‘प्यान’ र ढुवानीलाई व्यवस्थित गर्न  ‘भीसीटीएस’ लागू गरेको उल्लेख गर्दैै उनले कोही पनि व्यवसायी त्रासमा हुनु आवश्यक नभएको बताए ।

मूल्यसूची राख्ने, बिलबिजक जारी गर्ने विषयमा व्यापारी प्रतिबद्ध हुनुपर्नेमा जोड दिँदै अर्थमन्त्री खतिवडाले सरकार खुद्रा व्यापारीलाई सहजीकण गर्न तयार रहेको बताउएका छन् । रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्