चितवन। विश्वका भैँसीविज्ञको उपस्थितिमा दशौँ एशिया क्षेत्रीय भैँसीविज्ञको महासभा (१० औँ एशियन बफेलो कंग्रेस) नेपालमा हुने भएको छ। आगामी जेठ २० देखि २२ गतेसम्म महासभा काठमाडौँमा हुन लागेको हो।

एशियन बफेलो एशोसिएशन, कृषि तथा वन विज्ञान विश्वविद्यालय, नेपाल सरकार पशुसेवा विभाग र नेपाल कृषि अनुसन्धान परिषद्को आयोजनामा महासभा हुन लागेको हो। महासभाको सहआयोजकमा नेपालका प्रदेश सरकारअन्तर्गतका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, नेपाल लाइभस्टक इनोभेसन परियोजना, नेपाल पशु चिकित्सा परिषद् र अमेरिकाको मिचिगन स्टेट युनिभर्सिटि रहेका छन्।

हरेक तीन-तीन वर्षमा हुने महासभा पहिलोपटक नेपालमा हुन लागेको हो। एशोसिएशनका अध्यक्ष कृषि तथा वन विज्ञान विश्वविद्यालयका प्रा. डा. भूमिनन्द देवकोटा रहेका छन्। जुन देशको अध्यक्ष हुन्छ, सोही देशमा महासभा गर्ने गरिन्छ।

देवकोटाका अनुसार यसअघिको नवौँ महासभा भारतको हरियाणा राज्यको हिसारमा भएको थियो। सोही ठाउँमा एशोसिएशनको सचिवालय रहेको छ। एशोसिएशन सन् १९९२ मा स्थापना गरिएको हो। संसारभरका भैँसीविज्ञको साझा संस्था इन्टरनेशनल बफेलो फेडेरेसन हो। फेडेरेसनको सचिवालय इटालीको रोममा छ। सोही फेडेरेसनअन्तर्गतको एशियाका वैज्ञानिकको संस्था एशियन बफेलो एशोसिएशन हो।

महासभामा विश्वका २५ देशका ४०० भन्दा बढी वैज्ञानिक सहभागी हुने अपेक्षा गरिएको छ। महासभामा भैँसीको अध्ययन, अनुसन्धान, उत्पादन, उत्पादकत्व वृद्धिमा विभिन्न देशले विकास गरेका प्रविधि र अनुभव आदानप्रदान गरिने देवकोटाले जानकारी दिएका छन्।

नेपालले भैँसीमा गरेको विकास महासभामा प्रस्तुत गरिनेछ भने अन्तर्राष्ट्रिय साझेदारसँग रैथाने भैँसीको अध्ययन, अनुसन्धान र विकासका लागि आह्वान गरिने कार्यक्रम छ। महासभाको प्रविधि व्यवस्थापन समितिका सहसंयोजक सहप्राध्यापक डा. निराजन भट्टराईका अनुसार यो कार्यक्रम नेपाली वैज्ञानिकका लागि निकै महत्त्वपूर्ण हुनेछ। यसअघि कृषि विश्वविद्यालयको अगुवाइमा यहाँ अन्तर्राष्ट्रिय भैँसी समगोष्ठी गरिएको थियो। भट्टराईले सो गोष्ठीमा १५ देशका २८० जना सहभागी भएका बताए।

रासस

" /> चितवन। विश्वका भैँसीविज्ञको उपस्थितिमा दशौँ एशिया क्षेत्रीय भैँसीविज्ञको महासभा (१० औँ एशियन बफेलो कंग्रेस) नेपालमा हुने भएको छ। आगामी जेठ २० देखि २२ गतेसम्म महासभा काठमाडौँमा हुन लागेको हो।

एशियन बफेलो एशोसिएशन, कृषि तथा वन विज्ञान विश्वविद्यालय, नेपाल सरकार पशुसेवा विभाग र नेपाल कृषि अनुसन्धान परिषद्को आयोजनामा महासभा हुन लागेको हो। महासभाको सहआयोजकमा नेपालका प्रदेश सरकारअन्तर्गतका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, नेपाल लाइभस्टक इनोभेसन परियोजना, नेपाल पशु चिकित्सा परिषद् र अमेरिकाको मिचिगन स्टेट युनिभर्सिटि रहेका छन्।

हरेक तीन-तीन वर्षमा हुने महासभा पहिलोपटक नेपालमा हुन लागेको हो। एशोसिएशनका अध्यक्ष कृषि तथा वन विज्ञान विश्वविद्यालयका प्रा. डा. भूमिनन्द देवकोटा रहेका छन्। जुन देशको अध्यक्ष हुन्छ, सोही देशमा महासभा गर्ने गरिन्छ।

देवकोटाका अनुसार यसअघिको नवौँ महासभा भारतको हरियाणा राज्यको हिसारमा भएको थियो। सोही ठाउँमा एशोसिएशनको सचिवालय रहेको छ। एशोसिएशन सन् १९९२ मा स्थापना गरिएको हो। संसारभरका भैँसीविज्ञको साझा संस्था इन्टरनेशनल बफेलो फेडेरेसन हो। फेडेरेसनको सचिवालय इटालीको रोममा छ। सोही फेडेरेसनअन्तर्गतको एशियाका वैज्ञानिकको संस्था एशियन बफेलो एशोसिएशन हो।

महासभामा विश्वका २५ देशका ४०० भन्दा बढी वैज्ञानिक सहभागी हुने अपेक्षा गरिएको छ। महासभामा भैँसीको अध्ययन, अनुसन्धान, उत्पादन, उत्पादकत्व वृद्धिमा विभिन्न देशले विकास गरेका प्रविधि र अनुभव आदानप्रदान गरिने देवकोटाले जानकारी दिएका छन्।

नेपालले भैँसीमा गरेको विकास महासभामा प्रस्तुत गरिनेछ भने अन्तर्राष्ट्रिय साझेदारसँग रैथाने भैँसीको अध्ययन, अनुसन्धान र विकासका लागि आह्वान गरिने कार्यक्रम छ। महासभाको प्रविधि व्यवस्थापन समितिका सहसंयोजक सहप्राध्यापक डा. निराजन भट्टराईका अनुसार यो कार्यक्रम नेपाली वैज्ञानिकका लागि निकै महत्त्वपूर्ण हुनेछ। यसअघि कृषि विश्वविद्यालयको अगुवाइमा यहाँ अन्तर्राष्ट्रिय भैँसी समगोष्ठी गरिएको थियो। भट्टराईले सो गोष्ठीमा १५ देशका २८० जना सहभागी भएका बताए।

रासस

"> विश्व भैँसीविज्ञको महासभा आगामी जेठमा: Dekhapadhi
विश्व भैँसीविज्ञको महासभा आगामी जेठमा
चितवन। विश्वका भैँसीविज्ञको उपस्थितिमा दशौँ एशिया क्षेत्रीय भैँसीविज्ञको महासभा (१० औँ एशियन बफेलो कंग्रेस) नेपालमा हुने भएको छ। आगामी जेठ २० देखि २२ गतेसम्म महासभा काठमाडौँमा हुन लागेको हो।

एशियन बफेलो एशोसिएशन, कृषि तथा वन विज्ञान विश्वविद्यालय, नेपाल सरकार पशुसेवा विभाग र नेपाल कृषि अनुसन्धान परिषद्को आयोजनामा महासभा हुन लागेको हो। महासभाको सहआयोजकमा नेपालका प्रदेश सरकारअन्तर्गतका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, नेपाल लाइभस्टक इनोभेसन परियोजना, नेपाल पशु चिकित्सा परिषद् र अमेरिकाको मिचिगन स्टेट युनिभर्सिटि रहेका छन्।

हरेक तीन-तीन वर्षमा हुने महासभा पहिलोपटक नेपालमा हुन लागेको हो। एशोसिएशनका अध्यक्ष कृषि तथा वन विज्ञान विश्वविद्यालयका प्रा. डा. भूमिनन्द देवकोटा रहेका छन्। जुन देशको अध्यक्ष हुन्छ, सोही देशमा महासभा गर्ने गरिन्छ।

देवकोटाका अनुसार यसअघिको नवौँ महासभा भारतको हरियाणा राज्यको हिसारमा भएको थियो। सोही ठाउँमा एशोसिएशनको सचिवालय रहेको छ। एशोसिएशन सन् १९९२ मा स्थापना गरिएको हो। संसारभरका भैँसीविज्ञको साझा संस्था इन्टरनेशनल बफेलो फेडेरेसन हो। फेडेरेसनको सचिवालय इटालीको रोममा छ। सोही फेडेरेसनअन्तर्गतको एशियाका वैज्ञानिकको संस्था एशियन बफेलो एशोसिएशन हो।

महासभामा विश्वका २५ देशका ४०० भन्दा बढी वैज्ञानिक सहभागी हुने अपेक्षा गरिएको छ। महासभामा भैँसीको अध्ययन, अनुसन्धान, उत्पादन, उत्पादकत्व वृद्धिमा विभिन्न देशले विकास गरेका प्रविधि र अनुभव आदानप्रदान गरिने देवकोटाले जानकारी दिएका छन्।

नेपालले भैँसीमा गरेको विकास महासभामा प्रस्तुत गरिनेछ भने अन्तर्राष्ट्रिय साझेदारसँग रैथाने भैँसीको अध्ययन, अनुसन्धान र विकासका लागि आह्वान गरिने कार्यक्रम छ। महासभाको प्रविधि व्यवस्थापन समितिका सहसंयोजक सहप्राध्यापक डा. निराजन भट्टराईका अनुसार यो कार्यक्रम नेपाली वैज्ञानिकका लागि निकै महत्त्वपूर्ण हुनेछ। यसअघि कृषि विश्वविद्यालयको अगुवाइमा यहाँ अन्तर्राष्ट्रिय भैँसी समगोष्ठी गरिएको थियो। भट्टराईले सो गोष्ठीमा १५ देशका २८० जना सहभागी भएका बताए।

रासस

प्रतिक्रिया दिनुहोस्