अधिकतम ९.९ मेगावाट विद्युत् उत्पादन गर्ने क्षमताको यो आयोजना यसै साताबाट काबेली कोरिडोर १३२ केभी प्रसारण लाइनमार्फत् राष्ट्रिय विद्युत् प्रसारण लाइनमा जोडिएको हो।
आयोजनाको प्रवर्ध्दक कम्पनी रैराङ हाइड्रोपावर लिमिटेडका प्रबन्धक कुवेरमणि नेपालले झण्डै एक महिना लामो परीक्षण उत्पादन पछि आयोजना राष्ट्रिय प्रसारणमा जोडिएको जानकारी दिए।
एक मेगावाटबाट शुरु गरी प्राविधिक क्षमताअनुसार क्रमशः विद्युत् उत्पादन वृद्धि गर्दै लगिने प्रबन्धक नेपालले जानकारी दिए। पाँचथर र ताप्लेजुङको सिमानामा बग्ने काबेली नदीमा निर्माण गरिएको यस आयोजनाबाट वर्षायामको समयमा ९.९ मेगावाट विद्युत् उत्पादन हुनेछ। हिउँदको समयमा भने तीन मेगावाट मात्रै उत्पादन हुने प्रवर्ध्दक कम्पनीले जनाएको छ।
यस आयोजनालाई राष्ट्रिय प्रसारणमा जोड्न ८.५ किलोमिटर लामो प्रसारण लाइन निर्माण गरिएको छ। यस आयोजनाको विद्युतलाई ३.५ किलोमिटर ३३ केभीए प्रसारण लाइनमार्फत् काबेली वी वान आयोजना स्थलसम्म पुर्‍याइएको छ । त्यहाँबाट पाँच किलोमिटरको संयुक्त प्रसारण लाइनबाट हिलिहाङ गाउँपालिका–१, दुवीचौरमा रहेको काबेली कोरिडोरको सबस्टेशनमार्फत् विद्युत् राष्ट्रिय प्रसारण लाइनमा प्रवाह हुनेछ।
आयोजनाले २०७० मा नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद बिक्री सम्झौता गरी आयोजना निर्माणको कार्य अघि बढाएको थियो। तर, निर्धारित मितिमा काबेली कोरिडोरको निर्माण सम्पन्न नहुँदा प्रवर्ध्दकले ढिलो गरी आयोजना सम्पन्न गरेका हुन्। आयोजना कूल एक अर्ब ६० करोड रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको हो। रासस
" /> अधिकतम ९.९ मेगावाट विद्युत् उत्पादन गर्ने क्षमताको यो आयोजना यसै साताबाट काबेली कोरिडोर १३२ केभी प्रसारण लाइनमार्फत् राष्ट्रिय विद्युत् प्रसारण लाइनमा जोडिएको हो।
आयोजनाको प्रवर्ध्दक कम्पनी रैराङ हाइड्रोपावर लिमिटेडका प्रबन्धक कुवेरमणि नेपालले झण्डै एक महिना लामो परीक्षण उत्पादन पछि आयोजना राष्ट्रिय प्रसारणमा जोडिएको जानकारी दिए।
एक मेगावाटबाट शुरु गरी प्राविधिक क्षमताअनुसार क्रमशः विद्युत् उत्पादन वृद्धि गर्दै लगिने प्रबन्धक नेपालले जानकारी दिए। पाँचथर र ताप्लेजुङको सिमानामा बग्ने काबेली नदीमा निर्माण गरिएको यस आयोजनाबाट वर्षायामको समयमा ९.९ मेगावाट विद्युत् उत्पादन हुनेछ। हिउँदको समयमा भने तीन मेगावाट मात्रै उत्पादन हुने प्रवर्ध्दक कम्पनीले जनाएको छ।
यस आयोजनालाई राष्ट्रिय प्रसारणमा जोड्न ८.५ किलोमिटर लामो प्रसारण लाइन निर्माण गरिएको छ। यस आयोजनाको विद्युतलाई ३.५ किलोमिटर ३३ केभीए प्रसारण लाइनमार्फत् काबेली वी वान आयोजना स्थलसम्म पुर्‍याइएको छ । त्यहाँबाट पाँच किलोमिटरको संयुक्त प्रसारण लाइनबाट हिलिहाङ गाउँपालिका–१, दुवीचौरमा रहेको काबेली कोरिडोरको सबस्टेशनमार्फत् विद्युत् राष्ट्रिय प्रसारण लाइनमा प्रवाह हुनेछ।
आयोजनाले २०७० मा नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद बिक्री सम्झौता गरी आयोजना निर्माणको कार्य अघि बढाएको थियो। तर, निर्धारित मितिमा काबेली कोरिडोरको निर्माण सम्पन्न नहुँदा प्रवर्ध्दकले ढिलो गरी आयोजना सम्पन्न गरेका हुन्। आयोजना कूल एक अर्ब ६० करोड रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको हो। रासस
"> इवाखोला जलविद्युत् आयोजना राष्ट्रिय प्रसारणमा जोडियो: Dekhapadhi
इवाखोला जलविद्युत् आयोजना राष्ट्रिय प्रसारणमा जोडियो
अधिकतम ९.९ मेगावाट विद्युत् उत्पादन गर्ने क्षमताको यो आयोजना यसै साताबाट काबेली कोरिडोर १३२ केभी प्रसारण लाइनमार्फत् राष्ट्रिय विद्युत् प्रसारण लाइनमा जोडिएको हो।
आयोजनाको प्रवर्ध्दक कम्पनी रैराङ हाइड्रोपावर लिमिटेडका प्रबन्धक कुवेरमणि नेपालले झण्डै एक महिना लामो परीक्षण उत्पादन पछि आयोजना राष्ट्रिय प्रसारणमा जोडिएको जानकारी दिए।
एक मेगावाटबाट शुरु गरी प्राविधिक क्षमताअनुसार क्रमशः विद्युत् उत्पादन वृद्धि गर्दै लगिने प्रबन्धक नेपालले जानकारी दिए। पाँचथर र ताप्लेजुङको सिमानामा बग्ने काबेली नदीमा निर्माण गरिएको यस आयोजनाबाट वर्षायामको समयमा ९.९ मेगावाट विद्युत् उत्पादन हुनेछ। हिउँदको समयमा भने तीन मेगावाट मात्रै उत्पादन हुने प्रवर्ध्दक कम्पनीले जनाएको छ।
आयोजनाले २०७० मा नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद बिक्री सम्झौता गरी आयोजना निर्माणको कार्य अघि बढाएको थियो। तर, निर्धारित मितिमा काबेली कोरिडोरको निर्माण सम्पन्न नहुँदा प्रवर्ध्दकले ढिलो गरी आयोजना सम्पन्न गरेका हुन्। आयोजना कूल एक अर्ब ६० करोड रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको हो। रासस
प्रतिक्रिया दिनुहोस्