काठमाडौं। नेपालकै पहिलो बग बाउन्टी प्लेटफर्म ‘बगभी’ सार्वजनिक भएको छ। साइनिकल टेक्नोलोजीले साइबर सुरक्षा सेवा सस्तो र सर्वसुलभ बनाउने उद्देश्यका साथ नेपालमै पहिलोपटक यस्तो प्लेटफर्म ल्याएको हो।
यससँगै अब विश्वभरका एथिकल ह्याकर तथा राइबर सुरक्षा अनुसन्धानकर्ताले बगभीमार्फत विभिन्न कम्पनीको सिस्टम तथा सफ्टवेयरको जोखिम पत्ता लगाउन र त्यस वापत रिवार्ड प्राप्त गर्न सक्ने जनाइएकाे छ। कम्पनीहरुले आफ्नो सफ्टवेयर सिस्टमको टेस्टिङका लागि नभएर बगलाई मात्र पैसा भुक्तानी गर्नुपर्ने भएकाले सेवा सस्तो मूल्यमै उपलब्ध हुने साइनिकल टेक्नोलोजीका संस्थापक नरेश लाम्गादेले बताए।
यसलाई ग्लोबल प्रडक्ट बनाउने उद्देश्यका साथ बजारमा ल्याइएको उनको भनाइ छ। "कुनै प्लेटफर्ममा बग फेला पारेको खण्डमा एथिकल ह्याकरले बगभीमार्फत रिपोर्ट गर्न सक्छन्," नयाँ प्लेटफर्मको बारेमा जानकारी दिँदै उनले भने, "बगको आधारमा त्यस्ता ह्याकरलाई हामीले निश्चित रकमसहितको रिवार्ड उपलब्ध गराउँछौं।"
बगभीले ईसेवा तथा फोनपेसँगको सहकार्यमा डिजिटल भुक्तानीको व्यवस्था मिलाएको छ। एथिकल ह्याकरका लागि बग पत्ता लगाउन हाल ईसेवालगायतका विभिन्न ६ कम्पनी बगभीमा सूचीकृत भइसकेका छन्।
अबको केही दिनमा थप सूचीकृत कम्पनीको नाम समेत सार्वजनिक गरिने लाम्गादेको भनाइ छ। उनका अनुसार सेवाग्राही कम्पनी तथा संघ-संस्थाहरूले आफ्नो प्रडक्ट तथा सफ्टवेयर सिस्टममा भेटिन सक्ने बगको स्वयम् मूल्य निर्धारण गर्न सक्छन्।
गत शुक्रबार मात्रै बगभीको प्लेटफर्ममाथि लाइभ ह्याकिङको कार्यक्रम आयोजना गरिएको थियो। जसमार्फत फेला परेका बग फिक्स गरेर चाँडै प्लेटफर्मलाई पब्लिकमा लैजाने योजना रहेको कम्पनीले जनाएको छ।
साइबर सुरक्षाको आवश्यकता पर्ने सरकारी निकाय, कम्पनी, संघसंस्थालाई पब्लिकसँगै प्राइभेट सेवा समेत उपलब्ध गराइने छ। जसमा उनीहरुले बगभीमा रहेका निश्चित ह्याकरमार्फत आफ्नो सिस्टममा रहेको सुरक्षा कमजोरी खोज्ने काम गराउन सक्छन्।
हाल बग फेला पारेको अवस्थामा सम्बन्धित कम्पनी तथा प्लेटफर्मसँग सञ्चार गर्ने उपयुक्त माध्यम नहुँदा डेटा ब्रिच तथा लिकका घटना भइरहेको उल्लेख गर्दै लाम्गादेले बगभी त्यसको समाधानमा समेत सहयोगी बन्ने आशा व्यक्त गरे। सेवाग्राही कम्पनी तथा संघसंस्थाहरुले बगभीमा सूचीकृत हुन निश्चित शुल्क तिर्नुपर्ने हुन्छ भने बग फेला पारेबापत एथिकल ह्याकर तथा साइबर सुरक्षा अनुसन्धानकर्तालाई आफूले निर्धारण गरेको बगको मूल्यसमेत भुक्तानी गर्नुपर्ने हुन्छ।
तर साइबर सुरक्षा अनुसन्धानकर्ताहरू भने विश्वभरबाट नि:शुल्क रुपमा बगभी प्लेटफर्ममा जोडिन सक्ने बताइएको छ।
" /> काठमाडौं। नेपालकै पहिलो बग बाउन्टी प्लेटफर्म ‘बगभी’ सार्वजनिक भएको छ। साइनिकल टेक्नोलोजीले साइबर सुरक्षा सेवा सस्तो र सर्वसुलभ बनाउने उद्देश्यका साथ नेपालमै पहिलोपटक यस्तो प्लेटफर्म ल्याएको हो।यससँगै अब विश्वभरका एथिकल ह्याकर तथा राइबर सुरक्षा अनुसन्धानकर्ताले बगभीमार्फत विभिन्न कम्पनीको सिस्टम तथा सफ्टवेयरको जोखिम पत्ता लगाउन र त्यस वापत रिवार्ड प्राप्त गर्न सक्ने जनाइएकाे छ। कम्पनीहरुले आफ्नो सफ्टवेयर सिस्टमको टेस्टिङका लागि नभएर बगलाई मात्र पैसा भुक्तानी गर्नुपर्ने भएकाले सेवा सस्तो मूल्यमै उपलब्ध हुने साइनिकल टेक्नोलोजीका संस्थापक नरेश लाम्गादेले बताए।

">