काठमाडौँ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्जलाई ब्रोकर कमिसन घटाउन निर्देशन दिएका छन्। अर्थ मन्त्रालयमा आयोजित बैठकमा अर्थमन्त्री पौडेलले ब्रोकर कमिसन घटाउन तयारी गर्न र तत्काल कार्यान्वयनमा लैजान निर्देशन दिएका हुन्।

“ब्रोकर कमिसन घटाउनका लागि विलम्ब नगरी प्रोएक्टिभ भएर लाग्नुहोस्,” उनले भने, “पुँजीबजार बढ्न र विस्तार हुन गइरहेको छ। अहिलेका समस्याहरू समाधान गर्न समयतालिका तयार बनाएर कार्यान्वयन गर्नुपर्छ।”

साथै, पुँजी बजारको विकासका लागि चालु वर्षको बजेटमा उल्लिखित कार्यहरू समयमा नै सम्पन्न गर्न पनि मन्त्री पौडेलले निर्देशन दिएका छन्।

उनले पुँजीबजारको विकासका लागि आवश्यक परेमा पुँजीबजार सम्बन्धी ऐन, नियममा सुधार गरेरै भए पनि ब्रोकर कमिसन तत्काल घटाउनुपर्ने बताए।

बैठकमा अर्थ मन्त्रालयका सचिवद्वय शिशिरकुमार ढुङ्गाना र रामशरण पुडासैनी एवं आर्थिक सल्लाहकार डा. प्रकाशकुमार श्रेष्ठको उपस्थिति थियो। यस्तै, वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा प्रमुख सहसचिव झक्कप्रसाद आचार्य, धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गाना, नेप्सेका अध्यक्ष लक्ष्मण न्यौपाने, प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउद, सिडिएससीका प्रमुख कार्यकारी अधिकृत पूर्णप्रसाद आचार्य लगायतको उपस्थिति थियो।

" /> काठमाडौँ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्जलाई ब्रोकर कमिसन घटाउन निर्देशन दिएका छन्। अर्थ मन्त्रालयमा आयोजित बैठकमा अर्थमन्त्री पौडेलले ब्रोकर कमिसन घटाउन तयारी गर्न र तत्काल कार्यान्वयनमा लैजान निर्देशन दिएका हुन्।

“ब्रोकर कमिसन घटाउनका लागि विलम्ब नगरी प्रोएक्टिभ भएर लाग्नुहोस्,” उनले भने, “पुँजीबजार बढ्न र विस्तार हुन गइरहेको छ। अहिलेका समस्याहरू समाधान गर्न समयतालिका तयार बनाएर कार्यान्वयन गर्नुपर्छ।”

साथै, पुँजी बजारको विकासका लागि चालु वर्षको बजेटमा उल्लिखित कार्यहरू समयमा नै सम्पन्न गर्न पनि मन्त्री पौडेलले निर्देशन दिएका छन्।

उनले पुँजीबजारको विकासका लागि आवश्यक परेमा पुँजीबजार सम्बन्धी ऐन, नियममा सुधार गरेरै भए पनि ब्रोकर कमिसन तत्काल घटाउनुपर्ने बताए।

बैठकमा अर्थ मन्त्रालयका सचिवद्वय शिशिरकुमार ढुङ्गाना र रामशरण पुडासैनी एवं आर्थिक सल्लाहकार डा. प्रकाशकुमार श्रेष्ठको उपस्थिति थियो। यस्तै, वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा प्रमुख सहसचिव झक्कप्रसाद आचार्य, धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गाना, नेप्सेका अध्यक्ष लक्ष्मण न्यौपाने, प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउद, सिडिएससीका प्रमुख कार्यकारी अधिकृत पूर्णप्रसाद आचार्य लगायतको उपस्थिति थियो।

"> ब्रोकर कमिसन घटाउन अर्थमन्त्रीको निर्देशन, भन्छन्– आवश्यक परे ऐनकानुन संशोधन गर्नू: Dekhapadhi
ब्रोकर कमिसन घटाउन अर्थमन्त्रीको निर्देशन, भन्छन्– आवश्यक परे ऐनकानुन संशोधन गर्नू
काठमाडौँ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्जलाई ब्रोकर कमिसन घटाउन निर्देशन दिएका छन्। अर्थ मन्त्रालयमा आयोजित बैठकमा अर्थमन्त्री पौडेलले ब्रोकर कमिसन घटाउन तयारी गर्न र तत्काल कार्यान्वयनमा लैजान निर्देशन दिएका हुन्।

“ब्रोकर कमिसन घटाउनका लागि विलम्ब नगरी प्रोएक्टिभ भएर लाग्नुहोस्,” उनले भने, “पुँजीबजार बढ्न र विस्तार हुन गइरहेको छ। अहिलेका समस्याहरू समाधान गर्न समयतालिका तयार बनाएर कार्यान्वयन गर्नुपर्छ।”

साथै, पुँजी बजारको विकासका लागि चालु वर्षको बजेटमा उल्लिखित कार्यहरू समयमा नै सम्पन्न गर्न पनि मन्त्री पौडेलले निर्देशन दिएका छन्।

उनले पुँजीबजारको विकासका लागि आवश्यक परेमा पुँजीबजार सम्बन्धी ऐन, नियममा सुधार गरेरै भए पनि ब्रोकर कमिसन तत्काल घटाउनुपर्ने बताए।

बैठकमा अर्थ मन्त्रालयका सचिवद्वय शिशिरकुमार ढुङ्गाना र रामशरण पुडासैनी एवं आर्थिक सल्लाहकार डा. प्रकाशकुमार श्रेष्ठको उपस्थिति थियो। यस्तै, वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा प्रमुख सहसचिव झक्कप्रसाद आचार्य, धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गाना, नेप्सेका अध्यक्ष लक्ष्मण न्यौपाने, प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउद, सिडिएससीका प्रमुख कार्यकारी अधिकृत पूर्णप्रसाद आचार्य लगायतको उपस्थिति थियो।

प्रतिक्रिया दिनुहोस्