"> बीमा कम्पनीले सरकारलाई टेरेनन्, अझै दिएनन् कोरोना बीमाको भुक्तानी : Dekhapadhi
बीमा कम्पनीले सरकारलाई टेरेनन्, अझै दिएनन् कोरोना बीमाको भुक्तानी
काठमाडौं। कोरोना बीमाको दाबी आवेदन एक साताभित्रै भुक्तानी गर्न अर्थमन्त्रालयले दिएको निर्देशन बीमा कम्पनीहरूले अटेरी गरेका छन्। अर्थमन्त्री विष्णु पौडेलले बीमा समिति र बीमा कम्पनीहरूलाई निर्देशन दिएको एक महिना पूरा हुँदा पनि दाबी भुक्तानीको गति बढ्न नसकेको हो।

मन्त्रालयले आज बीमा समितिलाई एक पत्र लेख्दै निर्देशन तुरुन्त कार्यान्वयन गर्न र निर्देशनअनुसार छिटो भुक्तानी गर्न दबाब दिएको हो।

अर्थमन्त्री पौडेलले कोरोना बीमाको दाबी एक सातामै भुक्तानी गर्न मात्रै नभएर दैनिक प्रगति विवरण मन्त्रालयमा पेस गर्नसमेत निर्देशन दिएका थिए। यसका साथै, मन्त्रालयले बीमा समितिले हटलाइन फोन सेवा सञ्चालन गर्नु पर्ने निर्देशन पनि मानेको छैन।

बीमा समिति र बीमा कम्पनीहरूले सरकारकै निर्देशन पालना नगर्दा कोरोना बीमाको दाबी भुक्तानीमा समय लाग्ने बहाना बनाएको प्रष्ट हुन्छ। यसअघिको  निर्देशन अटेर गरेपछि मन्त्रालय आज पुन: 'तीन दिन भित्र दाबी भुक्तानी गर्न' अर्को निर्देशन दिएको हो।

यसअघि दाबी परेको एक साता भित्रै भुक्तानी दिन निर्देशन दिइएको थियो। आज मन्त्रालयले लेखेको पत्रमा , “कोरोना बीमा मापदण्ड बमोजिम प्रक्रिया तथा कागजात पुरा भएका दाबीहरूको भुक्तानी ३ दिनभित्र गरी दैनिक रुपमा मन्त्रालयमा जानकारी गराउन," भनिएको छ।

हेर्नुहोस बीमा समितिलाई अर्थमन्त्रालयले लेखेको पत्र:

प्रतिक्रिया दिनुहोस्