काठमाडाैं। उडान सुरक्षामा आधुनिक सुरक्षा प्रणालीको उपयोग तथा जनशक्तिको क्षमता अभिवृद्धिलगायत कारणले नेपालको हवाई दुर्घटनादर घटेको पाइएकाे छ। यसबाट हुने मृत्युदर पनि घटेको छ।
पछिल्लो १० वर्षको अवधिमा नेपालको हवाई उड्डयन सुरक्षास्तर दरमा प्रगति हुनुले पनि यसको पुष्टि गर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणद्वारा आज सार्वजनिक गरेको सन् २०१९ को एभिएसन सेफ्टी रिपोर्टमा उल्लेख छ।
सन् २०१९ मा नेपालको हवाई क्षेत्रमा जहाजतर्फ एक दुर्घटना र तीनको मृत्यु भएको प्रतिवेदनमा छ। सन् २०१० मा दुई दुर्घटना ३६ को मृत्यु भएको थियो। त्यस्तै हेलिकोप्टरतर्फ सन् २०१९ दुई दुर्घटना सातको मृत्यु भएको छ।
प्राधिकरणका उपमहानिर्देशक नरेन्द्र थापाले सेफ्टी रिपोर्ट प्रस्तुत गर्दै पछिल्ला वर्षमा हवाई दुर्घटना तथा मृत्युदर घटेको बताए।
नेपालमा हवाई दुर्घटना हुने मूख्य चुनौतीका रुपमा पहाडी भेगको उडानमा साना १९ सिटे जहाजको प्रयोगको बाध्यता, कठिन भूगोल, मौसमी अवस्था, छोटो धानवमार्ग आदि कारण रहेको विज्ञहरु बताउँछन्।
दुर्गममा उडान हुने विमानस्थलमा विमान तथा हेलिकोप्टर उडानका लागि प्राधिकरणले छुट्टै सुरक्षा टोली गठन गरी एयरलाइन्ससँगको सहकार्यमा विभिन्न सुरक्षाका उपाय अवलम्बन गरेकाले हवाई दुर्घटनादर घटेको प्राधिकरणको हवाई सुरक्षा विभागका प्रमुख राजु श्रेष्ठले बताए।
त्यस्तै आइकाओलगायत हवाई उडानसम्बन्धी अन्तर्राष्ट्रिय संस्थाको समन्वय र सहकार्यका कारण पनि नेपालको उडान सुरक्षास्तरदर वृद्धि भएको प्रतिवेदनमा उल्लेख छ।
" /> काठमाडाैं। उडान सुरक्षामा आधुनिक सुरक्षा प्रणालीको उपयोग तथा जनशक्तिको क्षमता अभिवृद्धिलगायत कारणले नेपालको हवाई दुर्घटनादर घटेको पाइएकाे छ। यसबाट हुने मृत्युदर पनि घटेको छ।पछिल्लो १० वर्षको अवधिमा नेपालको हवाई उड्डयन सुरक्षास्तर दरमा प्रगति हुनुले पनि यसको पुष्टि गर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणद्वारा आज सार्वजनिक गरेको सन् २०१९ को एभिएसन सेफ्टी रिपोर्टमा उल्लेख छ।

">