काठमाडौं। नेपाल उद्योग परिसंघले सरकारलाई कर तिर्ने ठूला करदातालाई सम्मान गरेको छ।
सरकारलाई बढी कर बुझाएको भन्दै आन्तरिक राजश्व विभागले सम्मानित गरेका करदातामध्ये परिसंघमा आबद्ध करदातालाई परिसंघले सम्मान गरेको हो।
विभागबाट सम्मानित भएका करदाताहरूमध्ये सबैभन्दा धेरै करदाता परिसंघमा आबद्ध रहेको जनाइएको छ।
अध्यक्ष सतिशकुमार मोरले व्यक्तिगत आयकरतर्फ सबैभन्दा बढी कर तिरेर सम्मानित भएका परिसंघ गभर्निङ्ग काउन्सिलका सदस्य तथा जाउलाखेल ग्रुपका अध्यक्ष विजयकुमार शाहलाई सम्मान तथा बधाई पत्र प्रदान गरे।
परिसंघले बैंक वित्तीय संस्थातर्फका उत्कृष्ट करदाता नबिल बैंक लिमिटेडका उपाध्यक्ष एवं परिसंघका उपाध्यक्ष निर्वाण चौधरीलाई पनि बधाई तथा सम्मान पत्र प्रदान गरेको छ।
पर्यटन व्यवसायमध्येबाट सबैभन्दा बढी आयकर तिरेर सम्मानित भएको तारागाउँ रिजेन्सी होटल्स लिमिटेडका निर्देशक सुरेशलाल श्रेष्ठ, मूल्य अभिवृद्धि करतर्फ सम्मानित हुने घोराही सिमेन्ट इन्डस्ट्रीजका निर्देशक आदित्य संघाइ र विप्रेषणको कारोबार गरी सम्मानित भएको आईएमई लिमिटेडका निर्देशक हेमराज ढकाललाई पनि परिसंघले बधाई ज्ञापन गर्दै सम्मान पत्र प्रदान गरेको छ।
यस्तै सबैभन्दा बढी कर तिर्ने करदाताको रुपमा सूर्य नेपाल प्रा.लि र निर्यातकर्ताहरूमध्ये सबैभन्दा बढी आयकर तिरेर सम्मानित भएको डाबर नेपाललाई पनि परिसंघले सम्मान गरेको छ।
" /> काठमाडौं। नेपाल उद्योग परिसंघले सरकारलाई कर तिर्ने ठूला करदातालाई सम्मान गरेको छ।सरकारलाई बढी कर बुझाएको भन्दै आन्तरिक राजश्व विभागले सम्मानित गरेका करदातामध्ये परिसंघमा आबद्ध करदातालाई परिसंघले सम्मान गरेको हो।

">