काठमाडौँ। सर्वोच्च अदालतले आजदेखि शुरु भएको नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभा रोक्न माग गर्दै दायर रिटमाथि सुनुवाइ गर्दै विपक्षीको नाममा कारण देखाऊ आदेश जारी गरेको छ।
बिहीबार न्यायाधीश पुरूषोत्तम भण्डारीको एकल इजलासले रिटको सुनुवाइ गर्दै महासंघका वर्तमान अध्यक्ष भवानी राणा र उनी नेतृत्वको महासंघको नाममा कारण देखाउ आदेश जारी गरेको हो।
तर निर्वाचन रोक्न अन्तरिम आदेश दिन भने अदालतले अस्वीकार गरेको छ।
रिट निवेदक गौरीशंकर साहले महासंघका अध्यक्ष भवानी राणाको विधानअनुसारको कार्यकाल सकिएपछि साधारणसभा गरिको भन्दै अवैधानिक हुने जिकिर रिट निवेदनमा गरेका थिए। उनले रिट निवेदनमा मंसिर ११, १२ र १३ गते काठमाडौँमा हुने महासंघको साधारणसभा तथा निर्वाचन तथा रोक्न माग गरेका थिए। साह महासंघको प्रदेश २ का अध्यक्ष हुन्।
गत चैत २८ गते अध्यक्ष राणा नेतृत्वको कार्यसमितिको पदावधि सकिएको थियो।
" /> काठमाडौँ। सर्वोच्च अदालतले आजदेखि शुरु भएको नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभा रोक्न माग गर्दै दायर रिटमाथि सुनुवाइ गर्दै विपक्षीको नाममा कारण देखाऊ आदेश जारी गरेको छ।बिहीबार न्यायाधीश पुरूषोत्तम भण्डारीको एकल इजलासले रिटको सुनुवाइ गर्दै महासंघका वर्तमान अध्यक्ष भवानी राणा र उनी नेतृत्वको महासंघको नाममा कारण देखाउ आदेश जारी गरेको हो।

">