काठमाडौं। साताको अन्तिम दिन आज बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले नयाँ कीर्तिमान कायम गरेको छ।
नेप्सेले आज अहिलेसम्मकै उच्च विन्दु कायम गर्नुका साथै सबैभन्दा उच्च कारोबार रकमको कीर्तिमान राखेको हो।
कारोबार सुरु भएदेखि नै उकालो लाग्न थालेको नेप्सेले आज यसअघिको परिसूचकको उच्च विन्दु पार गर्यो।
परिसूचक वि.सं. २०७३ सालमा कायम भएको उच्च विन्दु १८८१ कटेर १९ सयभन्दा माथि पुग्न सफल भएको छ।
कारोबार सुरु भएको डेढ घन्टाको अवधिमा ५१ अंक बढेर नेप्सेले अहिलेसम्मकै सार्वाधिक परिसूचक १९२६ अंक कायम गरेको थियो।
त्यसपछि केही अंकले घट्दै १८ अंकको सुधार विन्दुमा आएपछि रोकिएर परिसूचक एक हजार ८९३ कायम भएको छ। यो अंक पनि यसअघि कायम भएको कीर्तिमानी अंकभन्दा बढी हो।

सात अर्बको कारोबार
परिसूचकतर्फ नयाँ कीर्तिमान कायम गरेको सेयर बजारले कारोबार रकम पनि कीर्तिमान कायम गरेको छ।
यसअघिको उच्च कारोबार रकम ६ अर्ब ९० करोडको रेकर्ड तोडिएर आज ७ अर्ब ६१ करोड रुपैयाँ बराबरको कारोबार भएको हो।
यो यसअघि बनेको कीर्तिमानी कारोबार रकमभन्दा ७१ करोडले बढी हो।
यस क्रममा आज नेप्सेमा एक करोड ७१ लाख ८८ हजार कित्ता सेयर किनबेच भएको छ।
अधिकांश समूहमा गिरावट
सेयर बजार परिसूचक र कारोबार रकमले नयाँ कीर्तिमान कायम गरे पनि आज कारोबार भएकामध्ये अधिकांश समूहमा गिरावट आएको छ।
१२ मध्ये सात समूह घटे पनि बढेका पाँच समूहले नै नेप्सेलाई दोहोरो अंकको वृद्धि गराउन मद्दत गर्यो।
आज बैंक, जलविद्युत्, उत्पादनमूलक, अन्य र म्यूचुअल फण्ड समूहमा सुधार आएको छ। यी बाहेक अन्य सबै समूह घटेका छन्।
" /> काठमाडौं। साताको अन्तिम दिन आज बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले नयाँ कीर्तिमान कायम गरेको छ।नेप्सेले आज अहिलेसम्मकै उच्च विन्दु कायम गर्नुका साथै सबैभन्दा उच्च कारोबार रकमको कीर्तिमान राखेको हो।

">