बिरामीलाई सघाउन ‘जीबी एप’
काठमाडौं। तपाईंलाई कुनै स्वास्थ्य समस्या छ ? वा समस्या नै नभए पनि नियमित रूपमा आफ्नो स्वास्थ्य परीक्षण गरिरहनुहुन्छ?

अब चिकित्सकसँग भेटघाट र चिकित्सकका सल्लाह सुझाव लिन, स्वास्थ्य परीक्षण गरेका रिपोर्ट सुरक्षित राख्न र आवश्यक औषधि जुटाउने काम घरमै बसेर जोहो गर्न सक्नुहुन्छ।

जिबी हेल्थ प्रालिले यससम्बन्धी एप प्रयोगमा ल्याएको छ।

गत साउनदेखि शुरू गरिएको यो एप व्यस्त जीवनशैलीसँगै छिटोछरितो स्वास्थ्यसेवाका लागि महत्त्वपूर्ण सावित भएको कम्पनीले जनाएको छ।

इन्टरनेट र मोबाइल फोनको माध्यमबाट घरमै बसीबसी यी स्वास्थ्यसेवा लिन सकिने कम्पनीले जनाएको छ।

“नेपालीलाई स्वस्थ जीवनशैली जिउन मद्दत गर्ने उद्देश्यले यो एप ल्याइएको हो, यसमार्फत् अनलाइनबाट औषधि खरीद गर्दा २० प्रतिशतसम्म छुट पनि पाउन सकिन्छ”, कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्