काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको मंसिर १३ गते हुने निर्वाचनका लागि देशभरबाट १२७ जना व्यवसायीले उम्मेदवारी दिएका छन्।
महासंघको निर्वाचन समितिले सूचना जारी गर्दै ६३ पदका लागि हुने निर्वाचनमा उक्त उम्मेदवारी परेको जनाएको छ।
समितिका अनुसार महासंघको ५४ औं वार्षिक साधारण सभाबाट निर्वाचित हुने वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरू र कार्यकारिणी सदस्य पदका लागि बिहीबार साँझसम्म १२७ जनाको उम्मेदवारी परेको हो।
नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन आउन मात्रै ७ दिन बाँकी छ। यही मंसिर १३ गते हुने निर्वाचनमा व्यवसायीहरू दुई प्यानल बनाएर प्रतिस्पर्धामा उत्रिएका छन्।
वरिष्ठ उपाध्यक्षका उम्मेदवारहरू चन्द्रप्रसाद ढकाल र किसोरकुमार प्रधान आ–आफ्नो समूहसहित चुनावी मैदानमा होमिएका हुन्।
यहीबीच ढकाल समूहबाट द्विराष्ट्रिय उद्योग वाणिज्य संघमा उम्मेदवारी दिएका सन्दिप अग्रवाल र प्रदेश १ बाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका राजेन्द्र राउत निर्विरोध निर्वाचित भइसकेका छन्।
वर्तमान वरिष्ठ उपाध्यक्ष स्वतः महासंघको भावी अध्यक्ष बन्ने प्रावधानअनुसार ५४ औं साधारण सभामार्फत् शेखर गोल्छा अध्यक्ष बन्दै छन्।
सोही कारण महासंघको आसन्न निर्वाचन वरिष्ठ उपाध्यक्ष पदमा केन्द्रीत बनेको छ।
यी हुन् ६३ पदका लागि उम्मेदवार
" /> काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको मंसिर १३ गते हुने निर्वाचनका लागि देशभरबाट १२७ जना व्यवसायीले उम्मेदवारी दिएका छन्।महासंघको निर्वाचन समितिले सूचना जारी गर्दै ६३ पदका लागि हुने निर्वाचनमा उक्त उम्मेदवारी परेको जनाएको छ।

">