काठमाडौं। रेलमार्ग सहकार्यसम्बन्धी नेपाल-भारत संयुक्त कार्यदलको चौथो बैठक भिडिओ कन्फरेन्समार्फत् सम्पन्न भएको छ।
बैठकमा नेपालको नेतृत्व भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव गोपालप्रसाद सिग्देलले गरेका थिए भने भारतको नेतृत्व भारतको रेल मन्त्रालय ट्राफिक यातायात विभागका कार्यकारी निर्देशक डा. मनोज सिंहले गरेका थिए।
बिहीबार भएको बैठकमा रेल विभागका महानिर्देशक, नेपाल रेलवे कम्पनीका महाप्रबन्धक लगायत गृह मन्त्रालय एवं परराष्ट्र मन्त्रालयका अधिकारीहरू सहभागी भएका थिए।
भारतको तर्फबाट भारतीय रेल विभाग, विदेश मन्त्रालय, काठमाडौंस्थित भारतीय राजदूतावास, कोंकण रेलवेका अधिकारीहरू उपस्थित थिए।

संयुक्त कार्यदलको उक्त बैठकले जयनगर-बिजलापुर-बर्दिबास र जोगबनी-विराटनगरको बीचमा अघि बढिरहेका सीमापार रेलमार्ग परियोजनाहरूको समीक्षा गरेको थियो।
यात्रुवाहक रेलसेवा सञ्चालनका लागि भारतको जयनगरदेखि नेपालको कुर्थासम्मको ३४ किलोमिटर लामो रेलमार्गको प्राविधिक तयारीबारे दुवै पक्षले आ–आफ्ना धारणा राखेका थिए।
त्यस्तै बैठकमा नेपाल रेलवे कम्पनीले यात्रुवाहक रेल सेवा सुचारू गर्नका निमित्त आवश्यक पर्ने स्ट्याडर्ड अप्रेटिङ प्रोसिड्युर्सबारे पनि छलफल भएको थियो।
“तत्कालीन ब्रिटिश इन्डियाले न्यारो गेजको रूपमा निर्माण गरेको उक्त रेलमार्ग खण्डलाई तीन अर्ब ८० करोड भारतीय रूपैयाँभन्दा बढी लागतमा भारत सरकारले ब्रोड गेजमा स्तरोन्नति गरेको हो,” काठमाडौंस्थित भारतीय दूतावासद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ, “यस रेलवे लिङ्कमा सेवा सञ्चालन गर्न नेपाल सरकारले भारतबाट दुईवटा डेमाे रेल सेट खरिद गरेको छ।”
बैठकमा हाल भारत सरकारको २ अर्ब भारतीय रूपैयाँमा निर्माण भइरहेको कुर्थादेखि बिजलापुर रेलमार्गको बाँकी कार्य सम्पन्न गर्न आवश्यक आपसी सहयोग तथा समन्वय बारे छलफल भएको थियो।
तीन अर्ब ७४ करोड अनुदान सहयोगअन्तर्गत भारतको जोगवनी र नेपालको विराटनगरबीचमा सञ्चालित अन्य अन्तरदेशीय रेलमार्ग परियोजना सम्पन्न गर्नका लागि तीव्ररूपमा काम अघि बढाउन दुवै पक्षले सहमति जनाएका थिए।
" /> काठमाडौं। रेलमार्ग सहकार्यसम्बन्धी नेपाल-भारत संयुक्त कार्यदलको चौथो बैठक भिडिओ कन्फरेन्समार्फत् सम्पन्न भएको छ।बैठकमा नेपालको नेतृत्व भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव गोपालप्रसाद सिग्देलले गरेका थिए भने भारतको नेतृत्व भारतको रेल मन्त्रालय ट्राफिक यातायात विभागका कार्यकारी निर्देशक डा. मनोज सिंहले गरेका थिए।

">