काठमाडौं। तिहार बिदापछि बजार खुलेको दोस्रो दिन नै सेयर बजारमा कारोबार रकमले नयाँ कीर्तिमान कायम गरेको छ।
हिजो बुधबारदेखि खुलेको बजारले आज साताको अन्तिम दिन बिहीबार अहिलेसम्मकै सबैभन्दा धेरै कारोबारको रेकर्ड राखेको हो।
आज एकै दिन ६ अर्ब ११ करोड रूपैयाँ बराबरको सेयर कारोबार भई एक करोड ४० लाख कित्ता सेयर किनबेच भएको छ।
नेपाल स्टक एक्सचेञ्जका प्रवक्ता मुराहरी पराजुलीले यो अहिलेसम्मकै कीर्तिमानी धेरै कारोबार रकम भएको देखापढीलाई जानकारी दिए।
उनले भने, “अहिलेसम्म यति धेरै रकमको कारोबार भएको थिएन। यसअघि चार अर्ब ८५ करोड रूपैयाँसम्मको सेयर किनबेच भएको थियो।”
यस क्रममा आज नेप्से परिसूचक ३६ अंकले उकालो लागेर एक हजार ७७८ अंकमा पुगेको छ।
किन बढ्दै छ नेप्से?
सेयर बजारमा निरन्तर सुधार आउनुमा नेपालको सेयर बजार अनलाइनमैत्री बन्नु धेरै कारणमध्येको एक भएको बताइन्छ।
अनलाइनमार्फत् कारोबार गर्न मिल्ने भएपछि कोरोना भाइरसको महामारीको समयमा पनि लगानीकर्ताले घरमै बसेर सेयर बजारमा लगानी गर्न पाइरहेका छन्।
“हामीले घट्ने क्रमलाई पार गरेर अब बढ्ने क्रमतर्फ लम्किएका छौं। आज ६ अर्बको कारोबार हुनु स्वाभाविक मान्न सकिन्छ। आगामी दिनमा कारोबार रकमले थप नयाँ रेकर्ड कायम गर्ने छ।”
प्रवक्ता पराजुलीका अनुसार सेयर बजार प्रविधिमैत्री बन्नु नै बजारमा आएको सुधारको प्रमुख कारण हो।
उनले अहिले अनलाइन कारोबारका लागि एक लाख ३० हजारभन्दा बढी लगानीकर्ताले युजर आइडी र पासवर्ड लिएका छन्।
यस्तै, सेयर लगानीकर्ता संघका उपाध्यक्ष ताराप्रसाद फुलेलले सेयर बजारमा घट्ने क्रम सकिएको बताए।
“हामीले घट्ने क्रमलाई पार गरेर अब बढ्ने क्रमतर्फ लम्किएका छौं,” उनले भने, “आज ६ अर्बको कारोबार हुनु स्वाभाविक मान्न सकिन्छ। आगामी दिनमा कारोबार रकमले थप नयाँ रेकर्ड कायम गर्ने छ।”
उनका अनुसार आगामी दिनमा सेयरमा १५ अर्ब रूपैयाँसम्मको कारोबार हुन सक्छ।
खासगरी, पछिल्लो समय ब्याजदर घट्दा लगानीकर्ताले बैंकबाट सस्तोमा ऋण लिएर सेयर बजारमा लगानी गर्दै आएका छन्।
आठ प्रतिशत ब्याजदरमै ऋण पाइन थालेको छ। फलस्वरूपः सेयर बजारमा कीर्तिमानी कारोबार हुन थालेको लगानीकर्ताहरू बताउँछन्।
यसका साथै, पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाको स्थानमा आएका अर्थमन्त्री विष्णु पौडेललाई लगानीकर्ताले रूचाएको उनीहरूको तर्क छ।
साथै, महामारीको समयमा अन्यत्र लगानी गर्ने वातावरण नहुँदा लगानीकर्ताले सबै पैसा सेयर बजारमा खन्याउँदै आएका छन्।
जसले कारोबार रकम बढ्न सहयोग पुर्याएको उनीहरूको भनाइ छ।
चार वर्षे साइकल पूरा
यसअघि नेपालको सेयर बजार परिसूचकले १८८१ को कीर्तिमान कायम गरेको थियो। त्यसयता सेयर बजार घट्न थालेको चार वर्ष पूरा भइसकेको लगानीकर्ताहरू बताउँछन्।
नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियारले नेपालको सेयर बजारमा चार वर्षे साइकल रहेको बताए।
“सेयर बजारमा चार वर्ष निरन्तर घट्ने र चार वर्ष निरन्तर बढ्ने साइकल छ,” उनले भने, “अहिले घट्ने साइकल पूरा भइसकेको छ। अब सेयर बजार उकालो लाग्छ।”
यसका साथै, अहिले सबै उपसूचक पनि बढेका छन्। लगानीकर्ताको हौसला पनि बढेको छ।
यसअघि जलविद्युतको सेयर मूल्य आईपीओभन्दा पनि तल आएको थियो। जलविद्युत कम्पनीको सेयर मूल्य १०० रूपैयाँभन्दा पनि कम मूल्यमा पाइन्थ्यो।
“अहिले त्यो सबै मूल्यमा सुधार आउन थालेको छ। सँधै १०० रूपैयाँ भाउमै जलविद्युतको सेयर पाइँदैन नि,” रौनियारले भने, “अहिले यसको पनि मूल्य बढ्ने समय आएको छ।”
यो बाहेक अन्य सबै समूहको सेयर मूल्य पनि बढ्दै गएकाले कारोबार रकमले आगामी दिनमा नयाँ रेकर्ड बनाउने रौनियारले बताए।
" /> काठमाडौं। तिहार बिदापछि बजार खुलेको दोस्रो दिन नै सेयर बजारमा कारोबार रकमले नयाँ कीर्तिमान कायम गरेको छ।हिजो बुधबारदेखि खुलेको बजारले आज साताको अन्तिम दिन बिहीबार अहिलेसम्मकै सबैभन्दा धेरै कारोबारको रेकर्ड राखेको हो।

">