काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकाल समूहका दुईजना केन्द्रीय सदस्यहरू निर्विरोध निर्वाचित भएका छन्।
ढकाल समूहका उम्मेदवारहरू प्रदेश १ बाट केन्द्रीय सदस्यमा राजेन्द्र राउत र एशोसियटतर्फ द्विराष्ट्रिय उद्योग वाणिज्य संघबाट सन्दीप अग्रवाल निर्विरोध निर्वाचित भएका हुन्। यसअघि मोरङ व्यापार संघको कार्यकारी सदस्यसमेत रहेका राउत हाल नेपाल उद्योग वाणिज्य महासंघको प्रदेश १ को उपाध्यक्षसमेत छन्।
आज उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने अन्तिम दिन हो। आज पाँच बजेसम्म पनि कसैको उम्मेदवारी नपरेपछि प्रदेश १ बाट राउत निर्विरोध निर्वाचित भएका हुन्।
विराटनगर निवासी उनको निर्विरोध चयनलाई महत्त्वपूर्ण विजयका रूपमा लिइएको छ। महासंघको अर्का वरिष्ठ उपाध्यक्ष किसोर कुमार प्रधानको गृह जिल्ला मोरङमै आफ्नो समूहका सदस्य निर्विरोध निर्वाचित हुँदा ढकाल समूहले यसलाई महत्त्वपूर्ण रूपमा लिएको हो।
यस्तै, अर्का निर्विरोध निर्वाचित अग्रवाल नेपाल ईन्डोनेशिया च्याम्बर अफ कमर्शका अध्यक्ष हुन्। अग्रवाल एशोसिएटतर्फबाट द्विराष्ट्रिय च्याम्बरअन्तर्गत निर्विरोध निर्वाचित भएका हुन्।
यहीं मंसिर ११ देखि १३ गतेसम्म काठमाडौंमा हुने ५४औं वार्षिक साधारण सभा र निर्वाचनमा वर्तमान उपाध्यक्षहरू ढकाल र प्रधान प्यानलसहित चुनावी मैदानमा होमिएका छन्।
" /> काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकाल समूहका दुईजना केन्द्रीय सदस्यहरू निर्विरोध निर्वाचित भएका छन्।ढकाल समूहका उम्मेदवारहरू प्रदेश १ बाट केन्द्रीय सदस्यमा राजेन्द्र राउत र एशोसियटतर्फ द्विराष्ट्रिय उद्योग वाणिज्य संघबाट सन्दीप अग्रवाल निर्विरोध निर्वाचित भएका हुन्। यसअघि मोरङ व्यापार संघको कार्यकारी सदस्यसमेत रहेका राउत हाल नेपाल उद्योग वाणिज्य महासंघको प्रदेश १ को उपाध्यक्षसमेत छन्।

">