महालक्ष्मी लाइफले घोषणा गर्यो बीमितहरूलाई दिने बोनस दर
<p>काठमाडौं। महालक्ष्मी लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७५÷७६ को आर्थिक स्थितिको लेखाजोखा र दायित्वको बीमाङ्कीय मूल्यांकन गरी बिमितहरूलाई प्रदान गरिने बोनस दर घोषणा गरेको छ।</p>
<p>बीमा समितिले कात्तिक २८ गते दिएको स्वीकृतिअनुसार कम्पनीले सञ्चालनमा ल्याएको महालक्ष्मी सावधिक, महालक्ष्मी सरल र महालक्ष्मी जीवन हेरचार बीमाको २०७५÷७६ को लागि न्यूनतम ५० हजार र अधिकतम ५२ हजारका दरले बोनस घोषणा गरिएको हो।</p>
<p>बीमा समितिले हालै जारी गरेको संशोधित बीमाङ्कीय मूल्यांकन निर्देशिकामा सो अवधिसम्म जारी पोलिसीको बिमाङ्कीय मूल्यांकन गर्दा जारी पोलिसीको अवधि भुक्तानी नभएसम्मको लागि बोनस व्यवस्था गर्नुपर्ने हुन्छ।</p>
<p>कम्पनीको आगामी बीमाङ्कीय मूल्यांकन नभएसम्मको लागि यही बोनस दरले अन्तरिम बोनस भुक्तानी गरिने कम्पनीले बताएको छ।</p>
प्रतिक्रिया दिनुहोस्
