काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकाल प्यानललाई जिताउन गण्डकी प्रदेशले चुनाव ५१ सदस्यीय प्रचारप्रसार समिति गठन गरेको छ।
महासंघ गण्डकी प्रदेशका अध्यक्ष संजीवबहादुर कोइरालाको संयोजकत्वमा प्रदेशका सबै जिल्ला नगरका अध्यक्ष तथा पूर्व अध्यक्षहरुसहित समिति गठन गरेको हो।
महासंघको ५४औं वार्षिक साधारणसभा एवं आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार ढकाल प्यानललाई जिताउन चुनाव प्रचारप्रसार कमिटी गठन गरिएको संयोजक कोइरालाले जानकारी दिएका छन्।
गण्डकी प्रदेशले यसअघि नै ढकाल प्यानललाई बिजयी गराउन सर्वसम्मत निर्णय समेत गरिसकेको छ।
समितिमा नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश कार्यसमितिका ११ जना, गण्डकी प्रदेश भित्रका २० वटा उद्योग वाणिज्य संघका अध्यक्षहरु र पूर्व अध्यक्षहरु गरी जम्मा ५१ सदस्यीय कार्यसमिति गठन गरेको हो।
महासंघको आसन्न निर्वाचनमा ढकाल प्यानलको जित सुनिश्चित भैसकेको र अझै बढी मतले जिताउनका लागि कमिटी नै गठन गरेर प्रचारप्रसारमा लागेको संयोजक कोइरालाले बताएका छन्।
ढकाल प्यानलबाट जिल्लारनगरतर्फ गुणनिधि तिवारी, एसोसिएटतर्फ रामचन्द्र संघाई र वस्तुगततर्फ उमेशलाल श्रेष्ठले उम्मेद्वारी दिएका छन्।
" /> काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकाल प्यानललाई जिताउन गण्डकी प्रदेशले चुनाव ५१ सदस्यीय प्रचारप्रसार समिति गठन गरेको छ।महासंघ गण्डकी प्रदेशका अध्यक्ष संजीवबहादुर कोइरालाको संयोजकत्वमा प्रदेशका सबै जिल्ला नगरका अध्यक्ष तथा पूर्व अध्यक्षहरुसहित समिति गठन गरेको हो।

">