उद्योग वाणिज्य महासंघको मतदाताको नामावली तयार, यी हुन चुनावमा भोट हाल्न पाउने मतदाता

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा मतदान गर्न पाउने देशभरका सदस्यहरुको अन्तिम नामावली तयार भएको छ।

महासंघको निर्वाचन समितिले तयार पारेको सदस्यको नामावली निर्विरोध टुङ्गो लागेको हो।

समितिले निर्वाचनमा मतदान गर्न पाउने जिल्ला/नगर, वस्तुगत र एशोसिएट सदस्यहरुको नामावली तयार पारेको जानकारी दिएको छ।

मुख्य निर्वाचन अधिकृत उपेन्द्रकेशरी न्यौपानेका अनुसार समितिले तयार पारेको पहिलो नामावलीमा कसैको विरोध नपरेपछि त्यसैलाई अन्तिम नामावलीको रूपमा सूचीकृत गरिएको हो।

आउँदै गरेको निर्वाचनमा जिल्ला÷नगरबाट १०७ जिल्ला संघले मतदान गर्न पाउने छन्।

यस्तै, वस्तुगत तर्फबाट १०१ र एसोसिएटतर्फबाट ९२३ संघले निवार्चनमा मतदान गर्न पाउने भएका छन्। यसैगरी, १२ वटा संघले संस्थापक सदस्यकातर्फबाट मतदान गर्न पाउने व्यवस्था गरिएको छ।

मतदात गर्न पाउने मतदाताको नामावली

प्रतिक्रिया दिनुहोस्