महामारीपछिको आर्थिक पुनरुत्थानका लागि विश्व बैंकले ४२ अर्ब सहयोग गर्ने
काठमाडौं। नेपालको शहरी विकास र वित्तीय क्षेत्रको सृद्धिढीकरण सहित कोभिड–१९ पछिको उत्थानशिल पुनरुत्थानका पहललाई टेवा पुर्याउन विश्व बैंकले नेपाललाई ४२ अर्ब रुपैयाँ सहयोग गर्ने भएको छ।

आज अर्थमन्त्रालयमा भएको दुई वटा छुट्टा छुट्टै सम्झौताअनुसार महामारीपछि नेपालको आर्थिक पुनरुत्थानका लागि विश्व बैंकले उक्त रकम सहयोग गर्ने भएको हो।

नेपाल शहरी शासकीय सुधार तथा पूर्वाधार आयोजना र आर्थिक वृद्धिका लागि वित्त विकास नीति सहायता गरी दुई वटा सम्झौतामा हस्ताक्षर भएको बताइएको छ।

सम्झौतामा नेपालको तर्फबाट अर्थ सचिव शिशिरकुमार ढुंगाना र माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले हस्ताक्षर गरे।

सम्झौता अनुसार, विश्व बैंकले १५ करोड अमेरिकी डलर (करिब १८ अर्ब रुपैयाँ) शहरी शासकीय सुधार र पूर्वाधार आयोजनाले दुई रणनैतिक शहरी समूहहरुमा अवस्थित ३३ वटा नगरपालिकालाई सहयोग गर्नेछ।

यसमा पूर्वी तराई क्षेत्र (प्रदेश १ र २) र पश्चिमी क्षेत्र (गण्डकी प्रदेश र लुम्बिनी प्रदेश)का नगरपालिकाहरु छन्।

सम्झौतापछि अर्थ सचिव शिशिरकुमार ढुंगानाले नेपालमा सहरी विकासको सृद्धढीकरण र वित्तीय क्षेत्रको स्थिरतामा सुधारका लागि प्राप्त भएको विश्व बैंकको सहयोगप्रति आभार व्यक्त गरे।

उनले आयोजनाहरुले नेपालमा संघीयताको कार्यान्वयन र वित्तीय सुधारको विषयलाई टेवा दिँदै सरकारको कोभिड–१९ पछिको आर्थिक पुनरुत्थानका प्रयासमा योगदान पुग्ने बताए।

यसैगरी, विश्व बैंकले आर्थिक वृद्धिका लागि वित्त नीति विकास सहायतामार्फत २० करोड अमेरिकी डलर (करिब २४ अर्ब) रुपैयाँ बजेटरी सहयोग प्रदान गर्ने छ।

यस आयोजनाले महामारीको प्रभावको सन्दर्भमा, बैंकिङ र वित्तीय संस्थाहरुले सामना गर्नुपर्ने जोखिमहरुको उचित सम्परीवेक्षणमा सहयोग पु¥याउनेछ।

यसले निजी क्षेत्रमा जाने पूँजी प्रवाहमा अभिवृद्धि गर्दै लगानीका नयाँ अवसरहरु लगायत उपलब्ध गराउन सहयोग समेत पुर्याउने बताइएको छ।

विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले राहत, पुनरुत्थान र उत्थानशिल योजना कार्यान्वयनका लागि नेपाल सरकारको प्रयासमा सहयोग पुर्याएको बताए।

उनले तत्कालका आवश्यक्ताका साथसाथै दीर्घकालिन उद्देश्यहरु प्राप्त गर्न र महामारीपछि पहिलाको भन्दा सबल र उत्तम पुननिर्माणका अवसहरु सुनिश्चित गर्नका लागि विश्व बैंकले सहयोग गरेको बताए।

प्रतिक्रिया दिनुहोस्