काठमाडौं। तिहारपछि पहिलो पटक कारोबार खुलेको दिन आज सुनको मूल्य प्रतितोला १०० रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार एक सय रूपैयाँ छ।
तिहार अघिको अन्तिम कारोबार दिन कात्तिक २८ गते छापावाला सुनको मूल्य तोलामा ९५ हजार २०० रूपैयाँ थियो।
यस्तै, कात्तिक २८ गते तोलामा ९४ हजार ७०० रूपैयाँ मूल्य रहेको तेजाबी सुनको भाउ आज ९४ हजार ६०० रूपैयाँ कायम छ।
महासंघले आजका लागि चाँदीको प्रतितोला मूल्य १२ सय ३० रूपैयाँ तोकेको छ। यसअघि यसको भाउ तोलामा १२ सय २० रुपैयाँ थियो।
आज सुनको मूल्य घटे पनि काराबोर खुल्दा चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले बढेको महासंघले जानकारी दिएको छ।