काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले विमानस्थलहरूको सुरक्षाका लागि छुट्टै सुरक्षा युनिट गठन गर्नुपर्ने बताएका छन्।

आज त्रिभुवन विमानस्थलभित्र निर्मित सुरक्षा गार्ड भवनको समुद्घाटन गर्दै मन्त्री भट्टराईले ‘विमानस्थल सुरक्षा प्रहरी’ भनेर छुट्टै युनिट बनाउनका लागि गृह, अर्थ, रक्षा र पर्यटन मन्त्रालयबीच छलफल चलिरहेको बताएका छन्।

हाल मुलुकमा ५५ वटा विमानस्थल रहेकाले केही समयभित्रै पोखरा र भैरहवा विमानस्थल अन्तरराष्ट्रिय विमानस्थलका रूपमा सञ्चालनमा आउने भएकाले विमानस्थलको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर छुट्टै युनिट बनाउनेबारे छलफल चलाइएको मन्त्री भट्टराईले बताएका छन्।

उनले एक मात्र अन्तराष्ट्रिय विमानस्थल भएका कारण काठमाडौँ विमानस्थलमा अत्यधिक चाप हुने गरेकाले सबै मानिसहरू सफा नियतले मात्रै आउँछन् भन्ने नभएको बताएका छन्। लागुऔषधको ओसारपसार, अन्तरराष्ट्रिय आपराधिक संगठनमा आबद्ध व्यक्तिहरूको ओहोरदोहोरजस्ता विषय उठ्ने गरेकाले यस्ता कामहरू हुन नदिन विमानस्थलको सुरक्षा मजबुत हुनुपर्ने उनको राय छ।

“विमानस्थलको सुरक्षा संवेदनशील हुन्छ,” मन्त्री भट्टराईले भने, “विमानस्थलमा राम्रो मात्रै नियत बोकर मानिसहरू आएका हुँदैनन्, अन्तरराष्ट्रिय आपराधिक गिरोहसँग संगठित भएकाहरू पनि आवतजात गर्ने सम्भावना रहन्छ, लागुऔषध ओसारपसारका कुरा उठिरहेका छ। त्यसैले विमानस्थलको सुरक्षाको विषय चुनौती पनि हो, यस कारण छुट्टै सुरक्षा युनिट चाहिन्छ भनेर अहिले छलफल चलिरहेको छ।”

मन्त्री भट्टराईले सुविधासम्पन्न प्रहरी सुरक्षा भवन बनेकोमा खुशी व्यक्त गर्दै यसले प्रहरीमा थप जिम्मेवारी, सक्रियता तथा लगनशीलता वृद्धि हुने विश्वास व्यक्त गरेका छन्।

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरलले लकडाउनको समयमा पनि टिआइएमा दुईवटा वाइडबडी जहाज अट्ने पार्किङ, ट्याक्सी पार्किङ, रनवे विस्तारलगायतका काम गरेको जानकारी गराएका छन्। टिआइएको गुरु योजना पुनरावलोकन भइरहेको पनि उनले जानकारी दिएका छन्।

अहिले नेपाल प्रहरीले नै विमानस्थलको सुरक्षाको काम हेरिरहेको छ भने नेपाली सेनाले बाहिरी घेराको सुरक्षाको काम गर्दै आएको छ। ३५० जनाको क्षमता भएको तीन तले भवन ७ करोड १५ लाख १७ हजार ६०५ रूपैयाँ लागतमा निर्माण सम्पन्न भएको हो।

" /> काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले विमानस्थलहरूको सुरक्षाका लागि छुट्टै सुरक्षा युनिट गठन गर्नुपर्ने बताएका छन्।

"> विमानस्थलमा छुट्टै सुरक्षा युनिट आवश्यक : पर्यटनमन्त्री: Dekhapadhi
विमानस्थलमा छुट्टै सुरक्षा युनिट आवश्यक : पर्यटनमन्त्री

प्रतिक्रिया दिनुहोस्