पोखरा। मौसमले यतिबेला निकै साथ दिएको छ पोखरालाई । टलक्क टल्केको माछापुच्छ«े हिमालको छायाँ फेवातालमा निकै आकर्षक देखिन्छ। पहिलो पटक पोखरा आउने हुन् या पटक–पटक आउने नै हुन्, यो दृश्य देख्दा उनीहरुबाट निस्किने पहिलो शब्द हो “वाउ पोखरा !”
पोखराको सौन्दर्यसँग जोडिएको विशेष आकर्षण भनेकै हिमाल र ताल हुन् । अनि भू–गर्भबाट कलकल बग्ने सेती, उत्तरतर्फ देखिने माछापुच्छ«े, अन्नपूर्ण र धौलागिरि हिमशृङ्खला यहाँका थप आकर्षण। फेवा, रुपा, वेगनास, गुँदे, दिपाङ, खास्टे, निउरेनी, मैदी र कमलपोखरीजस्ता नौ ताल त छँदै छन् । नौ तालले सिगारिएको पोखरा उपत्यकाका शान्ति स्तुपा, पातले छाँगो (डेभिज फल्स), गुप्तेश्वर गुफा, चमेरे गुफा, महेन्द्र गुफा, विन्ध्यवासिनी आदि थप गहना हुन्।
पछिल्लो समय पोखराको थपिएको पहिचान विविध साहसिक खेलको शहर पनि हो । पोखरामा प्याराग्लाइडिङ, जिप फ्लायर, टावरसहितको बञ्जी जम्प, अल्ट्रालाइट, क्यानोनिङ, हट एयर बेलुन, स्काइ डाइभ, सँगै पर्यटकले रमाइलोका लागि गर्ने साइकलिङ्, बोटिङ्ग, घोडा सवारी, सेती नदीमा गरिने जलयात्रा (र्याफ्टिङ) तथा कायाकिङले पनि यस क्षेत्र साहासिक खेलको मुख्य गन्तव्य बन्दै गएको छ।
प्राकृतिक सुन्दरता अवर्णित शहर पोखरामा मौसम जसरी खुलेको छ त्यसरी पोखराका पर्यटन व्यवसायीको मन भने खुल्न सकेको छैन पोखराको सुन्दरताले व्यवसायीको अनुहारमा कान्ति ल्याउन सकेको छैन। यसअघिका वर्षहरुमा पर्यटकको चाप धान्न धौधौ पर्ने मौसम हो यो। विगतको अनुभव सम्झँदै, बिहानीको झुल्के घामसँगै आँगनीमा निस्कने व्यवसायी फेवातालमा डुङ्गा छचल्किएको कल्पनासँगै शून्य मन लिएर साँझ घर फर्किन बाध्य छन्।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको महामारीका कारण गत चैतदेखि सुस्ताएको पर्यटन असारयता बन्दाबन्दी खुले पनि लयमा फर्कन सकेको छैन। दशैँ तिहारको समयमा केही आन्तरिक पर्यटक देखिए पनि कोरोनाको उच्च जोखिम रहेकाले पोखराका होटल रेष्टुरेण्टहरुले सहज रुपमा सेवा प्रवाह गर्न सकेका छैनन्।
पोखरा आएका आन्तरिक पर्यटक वरपरका पदयात्रा मार्ग एवं पर्यटकीयस्थल समेत नखुल्दा थप समस्यामा परेका छन्। कोरोनाको महामारी फैलन सक्ने अवस्थालाई दृष्टिगत गरी विश्वप्रसिद्ध अन्नपूर्ण पदमार्गमा पर्ने मनाङले कोरोनाको पीसीआर नेगेटिभ अनिवार्य गराएको छ। कास्कीको मर्दी हिमाल पदयात्रामा जाँदा पिसिआर रिपोर्ट नेगेटिभ पेश गर्नुपर्ने नियमले पर्यटकलाई पोखरा आउनुअघि नै सोच्न बाध्य बनाइदिएको छ। पोखरा हुँदै जाने धार्मिक पर्यटकीयस्थल मुक्तिनाथ पनि दर्शनार्थीका लागि अहिले बन्द छ।
पोखरा पर्यटन परिषदका उपाध्यक्ष गोपी भट्टराई मौसम खुले पनि यतिबेला व्यवसायीको मन खुल्न नसकेको बताउछन्। “यो महामारीमा व्यवसायीले सरकराबाट केही आशा गरेका थिए, मौद्रिक नीतिको चौतर्फी स्वागत भयो, तर सरकारले आफैँले ल्याएको नीति कार्यान्वयन गर्न सकेन, व्यवसायीलाई थप पीडा दिने मात्रै काम भयो” भट्टराईले भने।
“व्यवसाय सञ्चालन कोष छ तर खै त त्यसको प्रयोग रु सरकारले व्यवसायीलाई झुक्याउने काममात्र ग¥यो, मौद्रिक नीतिबाट कोही लाभान्वित हुन सकेन”, उनले सबैकुरा केन्द्रीय नीतिबाट मात्र चल्ने हुँदा संघीयताको अनुभव व्यवसायीले गर्न नपाएको गुनासो गरे।
“प्रदेश सरकारले भनेको कुरा कतै लागू हुँदैन, स्पष्ट नीति नियम नहुँदा सबैले आफूँखुशी पर्यटनमा रोक लगाएका छन्”, उनले भने। भट्टराईले पोखराको पर्यटन चलायमान हुन पोखरा मात्र खुलेर नहुने र आसपासका घान्द्रुक र धम्पुसका लगायतका स्थान खुल्न नसक्दा पर्यटक नै दोधारमा भएको बताउँछन। “मर्दी हिमालमा पर्यटकको चहलपहल राम्रो थियो, तर अहिले एक्कासि पीसिआर नेगेटिभ अनिवार्य गराइयो, कहीँकतै समन्वय नगरी गरिने यस्ता निर्णयले पर्यटनमा दीर्घकालीन असर पार्छ”, उनले भने। सरकारले व्यवसायीलाई साथ नदिँदा पोखरामा २० देखि ३० प्रतिशत व्यवसायी विस्थापित भइसकेको उनले बताए। पोखरा भित्रका पर्यटकीय गन्तव्य पनि सुरक्षित रुपमा खोल्न सम्बन्धित निकायले ध्यान दिनुपर्ने उनको जोड छ।
नेपाल पर्यटन बोर्डको सञ्चालक समितिका पूर्वसदस्य बासु त्रिपाठीले पर्यटन सम्बन्धी मूल कानून र स्पष्ट नीति अभावमा स्थानीय तहले आ–आफै नियम बनाउँदा पर्यटकले खुला रुपमा घुम्न डुल्नबाट बञ्चित हुनुपरेको बताए। उनले भने, “ लोन्ली प्लानेटले संसारको एक आकर्षक गन्तव्यमा अन्नपूर्ण पदमार्गलाई राखेको छ, तर पर्यटकलाई त्यहाँ जान रोक लगाइएको छ । यसले कस्तो सन्देश जान्छ रु”
प्याराग्लाइडिङ उडेर मात्र पोखराको पर्यटन नधानिने भन्दै सरोकारवाला सबैको साझा धारणा सहित एउटै पर्यटन नीतिको आवश्यकता रहेको औल्याए।
सङ्घीय कानून नीतिसँग नबाझिने गरी सङ्घको अनुमतिमा स्थानीय तहले केही नियम बनाउन सक्ने त्रिपाठीको भनाइ छ। होटल सङ्घका केन्द्रीय सदस्य भरतराज पराजुलीले पर्यटकको स्वास्थ्य सुरक्षाप्रति सजग बन्दै यहाँका केही होटल सञ्चालन भएपनि अन्य पर्यटकीय गतिविधि र गन्तव्य खुला नहुँदा समस्या भएको बताए।
“आवश्यक सुरक्षा मापदण्ड अपनाउँदै पर्यटकीयस्थल एवं गतिविधि खुल्ला नगर्दासम्म पोखराको पर्यटन अपेक्षित चलायमान हुँदैन” उनले भने,, “पर्यटकीय गतिविधिका लागि तीनै तहको पर्यटन नीति स्पष्ट हुनुपर्छ र सम्बन्धित निकायसँग समन्वय गरेर पर्यटकीयस्थल एवं गतिवधि तत्काल सञ्चालनमा ल्याउन आवश्यक छ।”
ट्रेकिङ एजेन्सिज् एशोसियशन अफ नेपाल, टान पश्चिमाञ्चलका अध्यक्ष सुसिलराज पौडेलले कुनै ठाउँमा बन्द कुनै ठाउँमा खुल्ने गर्दा पर्यटनलाई अन्यौल बनाउने बताउँछन्। “सङ्घीय सरकारले पदयात्रा र हिमाल आरोहरण खुला गरिसके पछि पर्यटकलाई त्यहाँ जाने वातावरण मिलाएर सहज वातावरण बनाउनुपर्नेमा ठाउँ ठाउँमा र स्थानीय तहमा आफू अनुकुलका निर्णय गर्दा पर्यटन क्षेत्र अस्तव्यस्त भएको छ”, उनले भने।
जमुनावर्षा शर्मा-रासस
" /> पोखरा। मौसमले यतिबेला निकै साथ दिएको छ पोखरालाई । टलक्क टल्केको माछापुच्छ«े हिमालको छायाँ फेवातालमा निकै आकर्षक देखिन्छ। पहिलो पटक पोखरा आउने हुन् या पटक–पटक आउने नै हुन्, यो दृश्य देख्दा उनीहरुबाट निस्किने पहिलो शब्द हो “वाउ पोखरा !”पोखराको सौन्दर्यसँग जोडिएको विशेष आकर्षण भनेकै हिमाल र ताल हुन् । अनि भू–गर्भबाट कलकल बग्ने सेती, उत्तरतर्फ देखिने माछापुच्छ«े, अन्नपूर्ण र धौलागिरि हिमशृङ्खला यहाँका थप आकर्षण। फेवा, रुपा, वेगनास, गुँदे, दिपाङ, खास्टे, निउरेनी, मैदी र कमलपोखरीजस्ता नौ ताल त छँदै छन् । नौ तालले सिगारिएको पोखरा उपत्यकाका शान्ति स्तुपा, पातले छाँगो (डेभिज फल्स), गुप्तेश्वर गुफा, चमेरे गुफा, महेन्द्र गुफा, विन्ध्यवासिनी आदि थप गहना हुन्।

">