काठमाडौं। पाल्पा जिल्लामै सबैभन्दा ठूलो क्षमताको शीतभण्डार निर्माणकार्य अन्तिम चरणमा पुगेको छ। रामपुर नगरपालिकाले स्थानीय उत्पादनलाई भण्डारण गर्नका लागि ३०० मेट्रिक टन क्षमताको शीतभण्डार निर्माण गर्दैछ।

कृषि तथा पशु सेवा शाखा कार्यालय परिसरमा करिब एक रोपनी क्षेत्रफलमा एकतले चार कोठासहितको शीतभण्डारको भवन निर्माणकार्य करिब ८० प्रतिशत सम्पन्न भइसकेको छ। शीतभण्डारसहित प्राविधिक कक्ष, दुईतले आवासगृह र शौचालय निर्माण हुनेछ।

रबिना र अभिसा जेभी कन्स्ट्रक्शन प्रालिले संयुक्तरूपमा रु तीन करोड ५२ लाखको लागतमा ठेक्का लिई गत असार ५ गतेबाट निर्माणकार्य थालनी गरेको नगरपालिकाका सूचना अधिकारी तथा कृषि शाखा प्रमुख रामहरि पाण्डेयले जानकारी दिए।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय प्रदेश नं ५ बुटवलको सःशर्त अनुदान सहयोगमा शीतभण्डार निर्माण थालनी गरिएको हो। आर्थिक वर्ष २०७५/७६ मा डिपिआर तयार गरी आव २०७६÷७७ मा ठेक्का सम्झौता गरिएको थियो।

यहाँ शीतभण्डार नहुँदा कृषकले अन्यत्र शीतभण्डारमा कृषि उपज भण्डारण गर्न लैजानु पर्दा ढुवानी खर्च, बिउ लैजान ल्याउन समस्या थियो।

रामपुरमा ठूलो क्षमताको शीतभण्डार निर्माण शुरु भएपछि यो वर्ष कृषकले हौसिँदै कृषि उपज उत्पादनमा जोड दिएका छन्। रामपुर नगरपालिकामा शीतभण्डार नहुँदा यहाँ उत्पादन भएका तरकारी तथा फलफूल, बिउबीजन भण्डारण गर्न भैरहवा, स्याङ्जालगायतका ठाउँमा लैजानुपर्ने बाध्यता छ।

यहाँ उत्पादन हुने आलु, केरा, तरकारी बालीलगायतका विभिन्न कृषि उपज शीतभण्डारमा राख्न पाइने भएपछि कृषकलाई अन्यत्र लैजाने समस्या अब हट्ने भएको छ।

आउँदो पुस मसान्तभित्र शीतभण्डार निर्माणको काम सम्पन्न गर्ने र कृषकले उत्पादन गरेका आलु यसै वर्षदेखि राख्ने तयारी गरेको रामपुर नगरपालिकाका प्रवक्ता हुमनाथ न्यौपानेले जानकारी दिए।

गत वर्ष नगरपालिकाको ‘एक वडा, एक उत्पादन कार्यक्रम’ अन्तर्गत वडा नं ६ मा लगाइएको आलु बिउ प्रयोजनका लागि स्याङ्जाको गल्याङ नगरपालिकाको जिमुवा शीतभण्डारमा ११५ क्विन्टल बिउका लागि भण्डारण गर्न लगिएको थियो। पाल्पा जिल्लाको रम्भा गाउँपालिकामा २५ मेट्रिक टन क्षमताको शीतभण्डार निर्माण भई सञ्चालनमा छ।

रासस

" /> काठमाडौं। पाल्पा जिल्लामै सबैभन्दा ठूलो क्षमताको शीतभण्डार निर्माणकार्य अन्तिम चरणमा पुगेको छ। रामपुर नगरपालिकाले स्थानीय उत्पादनलाई भण्डारण गर्नका लागि ३०० मेट्रिक टन क्षमताको शीतभण्डार निर्माण गर्दैछ।

कृषि तथा पशु सेवा शाखा कार्यालय परिसरमा करिब एक रोपनी क्षेत्रफलमा एकतले चार कोठासहितको शीतभण्डारको भवन निर्माणकार्य करिब ८० प्रतिशत सम्पन्न भइसकेको छ। शीतभण्डारसहित प्राविधिक कक्ष, दुईतले आवासगृह र शौचालय निर्माण हुनेछ।

रबिना र अभिसा जेभी कन्स्ट्रक्शन प्रालिले संयुक्तरूपमा रु तीन करोड ५२ लाखको लागतमा ठेक्का लिई गत असार ५ गतेबाट निर्माणकार्य थालनी गरेको नगरपालिकाका सूचना अधिकारी तथा कृषि शाखा प्रमुख रामहरि पाण्डेयले जानकारी दिए।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय प्रदेश नं ५ बुटवलको सःशर्त अनुदान सहयोगमा शीतभण्डार निर्माण थालनी गरिएको हो। आर्थिक वर्ष २०७५/७६ मा डिपिआर तयार गरी आव २०७६÷७७ मा ठेक्का सम्झौता गरिएको थियो।

यहाँ शीतभण्डार नहुँदा कृषकले अन्यत्र शीतभण्डारमा कृषि उपज भण्डारण गर्न लैजानु पर्दा ढुवानी खर्च, बिउ लैजान ल्याउन समस्या थियो।

रामपुरमा ठूलो क्षमताको शीतभण्डार निर्माण शुरु भएपछि यो वर्ष कृषकले हौसिँदै कृषि उपज उत्पादनमा जोड दिएका छन्। रामपुर नगरपालिकामा शीतभण्डार नहुँदा यहाँ उत्पादन भएका तरकारी तथा फलफूल, बिउबीजन भण्डारण गर्न भैरहवा, स्याङ्जालगायतका ठाउँमा लैजानुपर्ने बाध्यता छ।

यहाँ उत्पादन हुने आलु, केरा, तरकारी बालीलगायतका विभिन्न कृषि उपज शीतभण्डारमा राख्न पाइने भएपछि कृषकलाई अन्यत्र लैजाने समस्या अब हट्ने भएको छ।

आउँदो पुस मसान्तभित्र शीतभण्डार निर्माणको काम सम्पन्न गर्ने र कृषकले उत्पादन गरेका आलु यसै वर्षदेखि राख्ने तयारी गरेको रामपुर नगरपालिकाका प्रवक्ता हुमनाथ न्यौपानेले जानकारी दिए।

गत वर्ष नगरपालिकाको ‘एक वडा, एक उत्पादन कार्यक्रम’ अन्तर्गत वडा नं ६ मा लगाइएको आलु बिउ प्रयोजनका लागि स्याङ्जाको गल्याङ नगरपालिकाको जिमुवा शीतभण्डारमा ११५ क्विन्टल बिउका लागि भण्डारण गर्न लगिएको थियो। पाल्पा जिल्लाको रम्भा गाउँपालिकामा २५ मेट्रिक टन क्षमताको शीतभण्डार निर्माण भई सञ्चालनमा छ।

रासस

"> पाल्पाकै ठूलो शीतभण्डार रामपुरमा: Dekhapadhi
पाल्पाकै ठूलो शीतभण्डार रामपुरमा
काठमाडौं। पाल्पा जिल्लामै सबैभन्दा ठूलो क्षमताको शीतभण्डार निर्माणकार्य अन्तिम चरणमा पुगेको छ। रामपुर नगरपालिकाले स्थानीय उत्पादनलाई भण्डारण गर्नका लागि ३०० मेट्रिक टन क्षमताको शीतभण्डार निर्माण गर्दैछ।

कृषि तथा पशु सेवा शाखा कार्यालय परिसरमा करिब एक रोपनी क्षेत्रफलमा एकतले चार कोठासहितको शीतभण्डारको भवन निर्माणकार्य करिब ८० प्रतिशत सम्पन्न भइसकेको छ। शीतभण्डारसहित प्राविधिक कक्ष, दुईतले आवासगृह र शौचालय निर्माण हुनेछ।

रबिना र अभिसा जेभी कन्स्ट्रक्शन प्रालिले संयुक्तरूपमा रु तीन करोड ५२ लाखको लागतमा ठेक्का लिई गत असार ५ गतेबाट निर्माणकार्य थालनी गरेको नगरपालिकाका सूचना अधिकारी तथा कृषि शाखा प्रमुख रामहरि पाण्डेयले जानकारी दिए।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय प्रदेश नं ५ बुटवलको सःशर्त अनुदान सहयोगमा शीतभण्डार निर्माण थालनी गरिएको हो। आर्थिक वर्ष २०७५/७६ मा डिपिआर तयार गरी आव २०७६÷७७ मा ठेक्का सम्झौता गरिएको थियो।

यहाँ शीतभण्डार नहुँदा कृषकले अन्यत्र शीतभण्डारमा कृषि उपज भण्डारण गर्न लैजानु पर्दा ढुवानी खर्च, बिउ लैजान ल्याउन समस्या थियो।

रामपुरमा ठूलो क्षमताको शीतभण्डार निर्माण शुरु भएपछि यो वर्ष कृषकले हौसिँदै कृषि उपज उत्पादनमा जोड दिएका छन्। रामपुर नगरपालिकामा शीतभण्डार नहुँदा यहाँ उत्पादन भएका तरकारी तथा फलफूल, बिउबीजन भण्डारण गर्न भैरहवा, स्याङ्जालगायतका ठाउँमा लैजानुपर्ने बाध्यता छ।

यहाँ उत्पादन हुने आलु, केरा, तरकारी बालीलगायतका विभिन्न कृषि उपज शीतभण्डारमा राख्न पाइने भएपछि कृषकलाई अन्यत्र लैजाने समस्या अब हट्ने भएको छ।

आउँदो पुस मसान्तभित्र शीतभण्डार निर्माणको काम सम्पन्न गर्ने र कृषकले उत्पादन गरेका आलु यसै वर्षदेखि राख्ने तयारी गरेको रामपुर नगरपालिकाका प्रवक्ता हुमनाथ न्यौपानेले जानकारी दिए।

गत वर्ष नगरपालिकाको ‘एक वडा, एक उत्पादन कार्यक्रम’ अन्तर्गत वडा नं ६ मा लगाइएको आलु बिउ प्रयोजनका लागि स्याङ्जाको गल्याङ नगरपालिकाको जिमुवा शीतभण्डारमा ११५ क्विन्टल बिउका लागि भण्डारण गर्न लगिएको थियो। पाल्पा जिल्लाको रम्भा गाउँपालिकामा २५ मेट्रिक टन क्षमताको शीतभण्डार निर्माण भई सञ्चालनमा छ।

रासस

प्रतिक्रिया दिनुहोस्