लमजुङ। घरेलु तथा साना उद्योग कार्यालयले चार उद्योग खारेज गरेको छ। लामो समयसम्म नवीकरण नगर्ने, उद्योग सञ्चालन नगर्ने सो सङ्ख्याका उद्योगलाई यस चालु आर्थिक वर्ष २०७७/७८ को साउनदेखि कात्तिक महिनाको अवधिमा खारेज गरेको कार्यालयले जनाएको छ।
उद्योग दर्ता गरेको धेरै समय र उद्योग सञ्चालन नगरेका उद्योग खारेज गरिएको घरेलु कार्यालयका प्रमुख तोपलाल भुषालले बताए। उनका अनुसार चालु आवको चार महिनाको अवधिमा ३०५ नयाँ उद्योग दर्ता भएका छन् भने, १३० उद्योग नवीकरण भएको छ। त्यस्तै यस कार्यालयले अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा ११ उद्योग खारेज गरेको थियो। सो अवधिमा ६६९ नयाँ उद्योग दर्ता भएका थिए।
आर्थिक वर्ष २०७५/७६ मा छ उद्योग खारेज भएका उक्त कार्यालयले जनाएको छ। त्यस्तै, यस आर्थिक वर्षमा ४६८ नयाँ उद्योग दर्ता भएका र २७० उद्योगको नवीकरण भएको थियो। सो कार्यालयका अनुसार आर्थिक वर्ष २०७४/७५ मा १० वटा उद्योग खारेज गरिएको थियो। २७६ नयाँ उद्योग दर्ता र १६४ उद्योग नवीकरण भएको घरेलु कार्यालयको तथ्याङ्कमा छ। आर्थिक वर्ष २०७३/७४ मा आठ उद्योग खारेज भएका थिए। उक्त आर्थिक वर्षमा २०९ नयाँ उद्योग दर्ता भएका र १७३ उद्योगको नवीकरण भएको थियो।
त्यस्तै वाणिज्यतर्फ आर्थिक वर्ष २०७७/७८ को चार महिनाको अवधिमा १२ वाणिज्य दर्ता घरेलु कार्यालयले खारेज गरेको छ। कार्यालयका अनुसार २१२ नयाँ वाणिज्य दर्ता भएका र २१६ को नवीकरण भएको छ। अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा २५ को वाणिज्य दर्ता खारेज भयो भने ७६२ नयाँ दर्ता र ३२० को नवीकरण भएको थियो। आर्थिक वर्ष २०७५/७६ मा २३ वाणिज्य दर्ता खारेज गरिएको कार्यालयले जनाएको छ। रासस
" /> लमजुङ। घरेलु तथा साना उद्योग कार्यालयले चार उद्योग खारेज गरेको छ। लामो समयसम्म नवीकरण नगर्ने, उद्योग सञ्चालन नगर्ने सो सङ्ख्याका उद्योगलाई यस चालु आर्थिक वर्ष २०७७/७८ को साउनदेखि कात्तिक महिनाको अवधिमा खारेज गरेको कार्यालयले जनाएको छ।उद्योग दर्ता गरेको धेरै समय र उद्योग सञ्चालन नगरेका उद्योग खारेज गरिएको घरेलु कार्यालयका प्रमुख तोपलाल भुषालले बताए। उनका अनुसार चालु आवको चार महिनाको अवधिमा ३०५ नयाँ उद्योग दर्ता भएका छन् भने, १३० उद्योग नवीकरण भएको छ। त्यस्तै यस कार्यालयले अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा ११ उद्योग खारेज गरेको थियो। सो अवधिमा ६६९ नयाँ उद्योग दर्ता भएका थिए।

">