काठमाडौं। आर्थिक वर्ष २०७७/७८ को असोज महिनासम्ममा नेपालबाट ३१ अर्ब ५ करोड रूपैयाँको वस्तु निर्यात भएको छ।
अर्थमन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार चालू आर्थिक वर्षको तीन महिनामा भएको निकासी अघिल्लो वर्षको सोही अवधिको तुलनामा १४.३ प्रतिशतले बढी हो।
तथ्यांकअनुसार, यस अवधिमा नेपालबाट सबैभन्दा बढी ७ अर्ब ६० करोड रूपैयाँको प्रशोधित भटमासको तेल निकासी भएको छ।
यो गत वर्षको यही अवधिमा भएको भटमासको प्रशोधित तेलको निकासीभन्दा १२ सय ७७ प्रतिशतको वृद्धि हो।
त्यसैगरी, यस अवधिमा दुई अर्ब १८ करोडको चिया, दुई अर्ब चार करोडको उनी गलैँचा कार्पेट, एक अर्ब ९८ करोडको सेन्थेटिक यार्न निकासी भएको छ।
एक अर्ब ६२ करोडको तयारी कपडा, एक अर्ब ४७ करोडको अलैची, एक अर्ब ३२ करोडको जमोठ कपडा र ९९ करोडको फलफुलको जुस निकासी भएको अर्थमन्त्रालयले जानकारी दिएको छ।
त्यसैगरी, जुटका कपडा ९९ करोड र ७७ करोड रुपैयाँका अन्य कपडा (उनी, सुति टेरकटन बाहेकका) निकासी भएका छन्।
" /> काठमाडौं। आर्थिक वर्ष २०७७/७८ को असोज महिनासम्ममा नेपालबाट ३१ अर्ब ५ करोड रूपैयाँको वस्तु निर्यात भएको छ।अर्थमन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार चालू आर्थिक वर्षको तीन महिनामा भएको निकासी अघिल्लो वर्षको सोही अवधिको तुलनामा १४.३ प्रतिशतले बढी हो।

">