काठमाडौं। कात्तिक महिनामा मात्रै विदेशबाट ५७ करोड रूपैयाँ बराबरको तिहारलक्षित सामान भित्रिएको छ।
भन्सार विभागले दिएको जानकारी अनुसार कात्तिक १ देखि २७ गतेसम्ममा उक्त रकम बराबरको तिहारलक्षित सामग्री भित्रिएको हो।
तिहारमा काजु, नरिवल र ओखरलगायतका भाइमसलाका लागि प्रयोग हुने सामग्री र झिलिमिली बत्तीको माग सबैभन्दा बढी हुन्छ। तर, कोरोना भाइरसको महामारीका कारण यस वर्ष तिहारको रौनक नै घटेको छ।
जस कारण विदेशबाट भित्रिने तिहारलक्षित सामग्रीको आयातसमेत घटेको तथ्यांकले देखाउँछ।
तिहारमा माग घटेकाले व्यापारीहरूले भाइमसलाको मूल्य प्रतिकिलो ५०० रूपैयाँसम्म घटाएका छन्।
गत वर्षको तुलनामा व्यापार घटेपछि मूल्य बढ्नुको साटो घटेर बजारमा सस्तो मूल्यमै भाइमसला बिक्री भइरहेको नेपाल खुद्रा व्यापार संघले बताएको छ।
बत्ती र उज्यालोको पर्वका रूपमा परिचित तिहारमा अघिल्लो वर्ष ६० करोड रूपैयाँको झिलिमिली बत्ती नेपाल भित्रिएको थियो। तर, यो वर्षको तिहारका लागि जम्माजम्मी १८/२० करोड रूपैयाँको मात्रै झिलिमिली बत्ती भित्रिन सक्ने नेपाल विद्युतीय व्यवसायी महासंघले जानकारी दिएको छ।
महासंघका अनुसार यो वर्षको तिहारमा आयातसँगै झिलिमिली बत्तीको व्यापार पनि ह्वात्तै घटेको छ।
कात्तिकमा १९ करोडको काजु भित्रियो
विभागको तथ्यांकअनुसार यस अवधिमा सबैभन्दा बढी १९ करोड रूपैयाँको काजु भित्रिएको छ। कात्तिक महिनामा भित्रिएका भाइमसला प्रकार र भिलिमिली बत्तीमध्ये सबैभन्दा धेरै हो।
काजुपछि ११ करोडको नरिवल र १० करोडको ओखर भित्रिएको छ भने ६ करोड रूपैयाँको बदाम भित्रिएको विभागले बताएको छ। यस्तै, तीन करोड रूपैयाँ मूल्य बराबरको किसमिस तथा एक करोड रूपैयाँको छोकडा र खजुर आयात भएका छन्।
त्यसैगरी, एक लाख ५० हजारको पिस्ता, ७४ लाखको अजिंर र ६४ लाख रूपैयाँको सुपारी भित्रिएको छ।
२७ दिनको अवधिमा तीन करोड ६० लाख रूपैयाँ बराबरको झिलिमिली बत्ती आयात भएको विभागले बताएको छ।
" /> काठमाडौं। कात्तिक महिनामा मात्रै विदेशबाट ५७ करोड रूपैयाँ बराबरको तिहारलक्षित सामान भित्रिएको छ।भन्सार विभागले दिएको जानकारी अनुसार कात्तिक १ देखि २७ गतेसम्ममा उक्त रकम बराबरको तिहारलक्षित सामग्री भित्रिएको हो।

">