पोखरा। कोभिड–१९ को कारण चैत महिनादेखि बन्द रहेको अल्ट्रालाइट कात्तिक २६ गतेदेखि सञ्चालनमा आएको छ। साहसिक खेलको आनन्दमा रम्दै सुन्दर हिमशृङ्खला र फेवाताल लगायतको दृश्यावलोकन गर्न चाहनेहरुका लागि पोखरा अल्ट्रालाइटले विशेष सहुलियतमा उडान शुरु गरेको हो।
पोखराका अल्ट्रालाइट कम्पनीका प्रबन्ध निर्देशक पोमनारायण श्रेष्ठले कोभिड–१९ का कारण रोकिएको पर्यटनलाई चलायमान बनाउन विशेष छुटमा अल्ट्रालाइट आठ महिनापछि सञ्चालन गरिएको जानकारी दिए।
“कात्तिक २६ गतेदेखि पोखरा विमानस्थलबाट उडान शुरु गरेकामा अहिले दैनिक चार उडान भइरहेको छ, स्वास्थ्य सतर्कतासहितका मापदण्डमा विशेष ध्यान दिएका छौँ”, उनले भने।
उनले पर्यटकीय गतिविधि सुस्ताएका समयमा आन्तरिक पर्यटन प्रवर्द्धनका लागि सहुलियत दिएर उडान गरिएको बताए। उनका अनुसार अहिले पाँच हजार ५०० मा अल्ट्रालाइट उडानको आनन्द लिन सकिनेछ। उनले विशेष छुट दिन थालेपछि पोखराबाहेकका जिल्लाबाट समेत सोधपुछ र बुक गर्न थालिएको बताए।
पोखरा प्राकृतिक सुन्दरतासँगै अनुकूल मौसमका कारण जोकोहीका लागि रोजाइको शहर हो। कोभिड–१९ को जोखिमबीच पनि साहसिक खेल पारखी पोखरामा झुम्न थालेका छन्। प्याराग्लाइडिङ कम्पनीले साबिक दरमा आधा छुट दिएर उडान गरेपछि अहिले पोखरामा प्याराग्लाडिङ गर्नेको घुइँचो लाग्न थालेको छ।
केही दिनअघि मात्र अल्ट्रालाइटबाट पोखराको आकाशमा उडेका गल्फ इन्नोभेशन ग्रुप पोखरा शाखाका प्रबन्धक सुजन श्रेष्ठले खुलेको मौसममा अल्ट्रालाइटबाट दृश्यावलोकन गर्दा निकै आनन्द लागेको बताए।
रासस
" /> पोखरा। कोभिड–१९ को कारण चैत महिनादेखि बन्द रहेको अल्ट्रालाइट कात्तिक २६ गतेदेखि सञ्चालनमा आएको छ। साहसिक खेलको आनन्दमा रम्दै सुन्दर हिमशृङ्खला र फेवाताल लगायतको दृश्यावलोकन गर्न चाहनेहरुका लागि पोखरा अल्ट्रालाइटले विशेष सहुलियतमा उडान शुरु गरेको हो।पोखराका अल्ट्रालाइट कम्पनीका प्रबन्ध निर्देशक पोमनारायण श्रेष्ठले कोभिड–१९ का कारण रोकिएको पर्यटनलाई चलायमान बनाउन विशेष छुटमा अल्ट्रालाइट आठ महिनापछि सञ्चालन गरिएको जानकारी दिए।

">