काठमाडौँ। कोरोना महामारीका बीच नेपालमा पछिल्लो तीन महिनामा ११ अर्ब १० करोड १३ लाख रूपैयाँको मोबाइल फोन भित्रिएका छन्।
चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो तीन महिना साउन, भदौ र असोजमा ती मूल्य बराबरको मोबाइल फोन नेपाल भित्रिएका हुन्।
अर्थ मन्त्रालयका अनुसार अघिल्लो आर्थिक वर्ष २०७६/७७ को पहिलो तीन महिनामा नेपालमा ७ अर्ब १९ करोड ६ लाख रूपैयाँको मोबाइल सेट भित्रिएका थिए। अघिल्लो वर्षको तुलनामा यस वर्ष मोबाइल फोन आयतामा ५४.४ प्रतिशतले वृद्धि भएको छ।
कोराना भाइरस महामारीका कारण विद्यालय तथा कलेजहरू बन्द रहेको, केही कार्यालयहरू आंशिक रूपमा खुलेका छन्। स्कुल र कलेजहरूले अनलाईन पढाइ सुरु गरेका छन् भने धेरै कार्यालयहरूले आफ्ना कर्मचारीलाई ‘वर्क फ्रम होम’ (घरबाटै काम गर्ने) सुविधा दिएका छन्। यस्तो हुँदा धेरैलाई स्मार्टफोनको आवश्यकता भएकोले मोबाइल फोनको आयात बढ्न गएको भन्ने भनाइ व्यापारीहरूको रहँदै आएको छ।
पछिल्लो तीन महिनामा मूल्यका आधारमा नेपालमा सबैभन्दा बढी मात्रामा भित्रिएका मोबाइल सेट हो। चालु आर्थिक वर्षको पहिलो तीन महिनामा नेपालमा २ खर्ब ९२ अर्ब २६ करोड ८५ लाख रूपैयाँको सामान आयता गरिएको छ।
पछिल्लो तीन महिनामा नेपालमा मोबाइल फोनपछि सबैभन्दा बढी आयात गरिएको सामाग्रीमा क्रमसः एम.एस.बिलेट, डिजेल, भटमासको तेल कच्चा, चामल, तयारी कपडा, एलपी ग्यास, एच.आर.सिट, पेट्रोल र पोलिथिन दाना रहेका छन्।
चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ९ अर्ब ८५ करोड ८२ लाखको एम.एस. बिलेट, ८ अर्ब ९६ करोड १ लाख रूपैयाँको डिजेल, ८ अर्ब १३ करोड ९५ लाख रूपैयाँको कच्चा भटमासको तेल, ७ अर्ब ४७ करोड ८७ लाख रूपैयाँको चामल, ७ अर्ब १८ करोड २१ लाख रूपैयााँके तयारी कपडा, ६ अर्ब २४ करोड ३ लाख रूपैयाँको एलपी ग्यास, ५ अर्ब ९७ करोड ९९ लाख रूपैयाँको एच.आर.सिट, ५ अर्ब ४९ करोड ७१ लाख रूपैयाँको पेट्रोल र ५ अर्ब ३५ करोड ४६ लाख रूपैयाँको पोलीथिन दाना नेपाल भित्रिएको छ।
अघिल्लो आर्थिक वर्षको पहिलो तीन महिनामा नेपालमा ३ खर्ब ३४ अर्ब ९५ करोड रूपैयाँ बराबरको विभिन्न सामाग्री भित्रिएको थियो। अघिल्लो आर्थिक वर्षको तुलनामा यस आर्थिक वर्षको पहिलो तीन महिनामा ४२ अर्ब ६९ करोड रूपैयाँ कमको सामाग्री भित्रिएका छन्।
" /> काठमाडौँ। कोरोना महामारीका बीच नेपालमा पछिल्लो तीन महिनामा ११ अर्ब १० करोड १३ लाख रूपैयाँको मोबाइल फोन भित्रिएका छन्।चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो तीन महिना साउन, भदौ र असोजमा ती मूल्य बराबरको मोबाइल फोन नेपाल भित्रिएका हुन्।

">