बागमती। बागमती प्रदेशको राजधानी हेटौँडा उपमहानगरपालिकामा २५ वटा नयाँ व्यवसायी तथा औद्योगिक प्रतिष्ठान सञ्चालनमा आएका छन्।
गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय वीरगञ्जबाट नापतौल यन्त्रको जाँच अनुमतिपत्र लिएर कारोबार सुरु गरेको कार्यालय प्रमुख शशिभूषणकुमार यादवले जानकारी दिए। ती प्रतिष्ठानहरुले व्यवसाय सञ्चालनका लागि अन्य कानुनी प्रक्रिया पूरा गरेको बताइएको छ।
उद्योग वाणिज्य सङ्घ हेटाैँडाको अनुरोधमा सो कार्यालयबाट खटिएको टोलीले हेटौँडाका उद्योग तथा व्यवसायको नापतौल यन्त्रको जाँच, नवीकरण र जरिवाना तथा नयाँ इजाजत पत्र प्रदान गरेको जानकारी दिइएको छ। सो कार्यालयका सहायक निरीक्षक वीरेन्द्र उपाध्यायको नेतृत्वमा खटिएको टोलीले विगत एक हप्तामा सो इजाजत प्रदान गरेको जानकारी दिए।
टोलीले २३९ व्यावसायिक फर्मको नापतौल यन्त्रको जाँच गरी नवीकरण तथा २२९ व्यावसायिक फर्ममाथि कारबाही तथा जरिवानासमेत गरेको छ। तोकिएको समयमा नापतौल यन्त्रको जाँच नगराउने र तौलमा ठगी गरेको पाइएपछि ५० देखि ८०० रुपैयाँसम्म प्रतिव्यवसायीलाई जरिवाना र कारबाही गरेको बताइएको छ। रासस
" /> बागमती। बागमती प्रदेशको राजधानी हेटौँडा उपमहानगरपालिकामा २५ वटा नयाँ व्यवसायी तथा औद्योगिक प्रतिष्ठान सञ्चालनमा आएका छन्।गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय वीरगञ्जबाट नापतौल यन्त्रको जाँच अनुमतिपत्र लिएर कारोबार सुरु गरेको कार्यालय प्रमुख शशिभूषणकुमार यादवले जानकारी दिए। ती प्रतिष्ठानहरुले व्यवसाय सञ्चालनका लागि अन्य कानुनी प्रक्रिया पूरा गरेको बताइएको छ।

">