काठमाडौँ। अन्तर्राष्ट्रिय ख्याति प्राप्त इटालियन ब्रान्ड भेन्चुरिनी नेपाल भित्रिएको छ। नवसमृद्धि इन्टरप्राइजेजले इटालियन डिजाइन र बंगलादेशको उत्पादन भेन्चुरिनी नेपाल भित्र्याएको हो।
काठमाडौंको दरबारमार्गमा औपचारिक कार्यक्रमको आयोजना गरी भेन्चुरिनीको शोरुम उद्घाटन गरिएको छ। कलाकारहरू ऋचा शर्मा, नीति शाह, प्रशान्त ताम्राकार र एलिजा गौतमले भेन्चुरिनीको शोरुम उद्घाटन गरेका हुन्।
एशियाको दोस्रो ठूलो उत्पादन कम्पनी भेन्चुरिनीलाई नेपालमा पहिलोपटक ल्याइएको हो। उद्घाटन कार्यक्रममा अभिनेत्री ऋचा शर्माले अन्तर्राष्ट्रिय ब्रान्डहरू नेपालमा आउँदा ती उत्पादनसँग परिचित हुने मौका मिल्ने बताइन्।
दरबारमार्गस्थित वान दरबार मलमा राखिएको शोरुममा जुत्ता, पर्स, बेल्ट, सेन्डल र ब्याग (झोला) उपलब्ध रहेको भेन्चुरिनीलाई नेपाल भित्र्याउने कम्पनी नवसमृद्धि इन्टरप्राइजेजका अध्यक्ष राजु थापाले बताएका छन्।
“फुटवेयर र लेदरका उत्पादनहरू, पार्टी वेयर, फर्मलदेखि क्याजुअलसम्मका सामग्रीहरू चाँडै उपलब्ध हुनेछन्,” थापा बताउँछन्, “सबै उमेर समूहलाई लक्षित गरेर भेन्चुरिनीका उत्पादन उपलब्ध गराउनेछौँ।”
नवसमृद्धि इन्टरप्राइजेजका निर्देशक सुरज केसीका अनुसार भेन्चुरिनी ब्रान्डलाई देशका १० सहरमा पुर्याइनेछ। “एक महिनाभित्र पोखरामा भेन्चुरिनी विस्तार गरिनेछ,’ केसीले भने, “त्यसपछि चितवन, विराटनगर, धरान, बिर्तामोड, वीरगञ्ज, नेपालगञ्ज, धनगढी, हेटौँडा र बुटवलमा एक वर्षभित्र विस्तार गरिनेछ।”
इटालियन प्रिमियम ब्रान्ड तथा बंगलादेशको उत्पादन भेन्चुरिनी ब्रान्डको प्रयोगबाट नेपाली उपभोक्ताले लाभ लिन सक्ने नवसमृद्धिका निर्देशक सुदिपचन्द्र बख्रेल बताउँछन्। “भेन्चुरिनीका उत्पादनमा गुणस्तरलाई विशेष ध्यान दिइएको छ,” उनी भन्छन्, “नेपाली उपभोक्तामाथि भेन्चुरिनी चाँडै लोकप्रिय हुने विश्वास हामीले लिएका छौँ।”
कोरोना प्रकोपका कारण व्यापारको शैली बदलिएकाले अब अनलाइनमार्फत् पनि भेन्चुरिनी ब्रान्ड उत्पादनहरू बिक्रीवितरण गरिने उनी बताउँछन्।
कलाकारहरूले के भने?
भेन्चुरिनीको शोरुम उद्घाटन गर्दै कलाकार ऋचा शर्माले नेपालमा अन्तर्राष्ट्रिय ब्रान्डको विस्तार समयानुकूल रहेको धारणा राखिन्। विश्वव्यापीकरणको प्रभावस्वरूप अन्तर्राष्ट्रिय बजारमा उपलब्ध सामग्री नेपाली बजारमा परिचित गराउँदा उत्पादन र उपभोक्तालाई लाभ हुने शर्माको धारणा छ।
“म ब्रान्डप्रति त्यति कन्सियस छैन, जुन राम्रो र सजिलो लाग्छ, त्यही प्रयोग गर्छु,” शर्माले भनिन्, “हामीले गुणस्तरमा ध्यान दिनुपर्छ, भेन्चुरिनी ब्रान्डले गुणस्तरलाई ध्यान दिएकाले नेपाली उपभोक्ताले लाभ लिनसक्ने मैले पाएकी छु।”
मोडल तथा अभिनेत्री नीति शाहले अन्तर्राष्ट्रिय बजारका उत्कृष्ट उत्पादनहरूलाई नेपालमा आउँदा उपभोक्ता लाभान्वित हुने धारणा राखिन्। त्यसै गरी अभिनेत्री एलिजा गौतम र फेसन कोरियोग्राफर तथा कलाकार प्रशान्त ताम्राकारले भेन्चुरिनी अन्तर्राष्ट्रिय बजारमा लोकप्रिय ब्रान्ड रहेकाले नेपाली उपभोक्ताको मन जित्ने विश्वास व्यक्त गरेका छन्।
कार्यक्रमको संयोजन नेक्स्ट मोडल नेपालले गरेको हो। नेक्स्ट मोडल नेपालका अध्यक्ष रवि धमलाले एशियाको दोस्रो ठूलो उत्पादन कम्पनी भेन्चुरिनी ब्रान्डले नेपाली उपभोक्ताको मन जित्ने विश्वास व्यक्त गरे। “फ्रेन्चाइजका रूपमा नेपाल भित्रिएको भेन्चुरिनी ब्रान्डले गुणस्तरलाई उच्च प्राथमिकतामा राखेकाले उपभोक्ताले अधिक लाभ लिन सक्नेमा विश्वस्त हुन सकिन्छ,” धमला भन्छन्।
" /> काठमाडौँ। अन्तर्राष्ट्रिय ख्याति प्राप्त इटालियन ब्रान्ड भेन्चुरिनी नेपाल भित्रिएको छ। नवसमृद्धि इन्टरप्राइजेजले इटालियन डिजाइन र बंगलादेशको उत्पादन भेन्चुरिनी नेपाल भित्र्याएको हो।काठमाडौंको दरबारमार्गमा औपचारिक कार्यक्रमको आयोजना गरी भेन्चुरिनीको शोरुम उद्घाटन गरिएको छ। कलाकारहरू ऋचा शर्मा, नीति शाह, प्रशान्त ताम्राकार र एलिजा गौतमले भेन्चुरिनीको शोरुम उद्घाटन गरेका हुन्।

">