काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटकीय गतिविधि हुने क्षेत्र खुला गर्ने निर्णय गरेको छ।
मन्त्रालयले केबलकार, जंगल सफारी र संग्रहालयजस्ता क्षेत्र खोल्न मन्त्रिपरिषद्ले स्वीकृत दिएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तोकेका कोरोनाबाट सुरक्षित रहने उपाय अपनाएर खुला गर्न अनुरोध गरेको हो।
मन्त्रालयले जारी गरेको विज्ञप्तिमा सुरक्षित रहने गरी पर्यटकीय गतिविधि हुने क्षेत्र खोल्न भनिए पनि जोखिमको विश्लेषण गरी निर्णय गर्ने अधिकार जिल्लालाई नै दिइएको उल्लेख छ। यसरी खुल्ने केबलकार, जंगल सफारी र संग्रहालयजस्ता क्षेत्रमा स्वास्थ्य मापदण्ड पालाना भएनभएको भने मन्त्रालयमातहतका निकायले नै अनुगमन गर्ने विज्ञप्तिमा जनाइएको छ।
उल्लिखित क्षेत्रहरू सञ्चालनगर्न दिने निर्णय मन्त्रिपरिषद्को कार्तिक २४ गतेको बैठकले नै गरिसकेको छ।