काठमाडौं। बैंक तथा वित्तीय संस्थाहरूले डिजिटल कारोबारलाई प्रोत्साहन गरेसँगै कनेक्ट आईपीएसमार्फत हुने कारोबार दैनिक साढे तीन अर्बको हाराहारीमा हुन थालेको छ।
नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)ले सञ्चालन गर्दै आएको कनेक्ट आईपीएस प्रणालीमा दैनिक कारोबार औसतमा तीन अर्ब ४४ करोड रूपैयाँ हुने गरेको एनसीएचएले बताएको छ। यो असोज महिनाको औसत तथ्यांक हो।
नेपाल क्लियरिङ हाउस लिमिटेड, नेपाल राष्ट्र बैंकको १० प्रतिशत, बैंक तथा वित्तीय संस्थाहरूको ८० प्रतिशत र स्मार्ट च्वाइस टेक्नोलोजिज् प्रालिको १० प्रतिशत शेयर स्वामित्व रहेको कम्पनी हो।
एनसीएचएलले एनसीएचएल ईसीसी, एनसीएचएल आईपीएस, कनेक्ट आईपीएस ई-पेमेन्ट, कनेक्ट आरटीजीएस र एनपीआई प्रणालीहरू सञ्चालन गर्दै आएको छ।
मोबाइल, वेब, गेटवे र एपीआईजस्ता मल्टिपल च्यानलहरूमार्फत् सदस्य बैंक तथा वित्तीय संस्थाहरू, भुक्तानी सेवा प्रदायक, भुक्तानी प्रणाली सञ्चालक तथा अन्य संस्थाहरूले उक्त प्रणालीमा भुक्तानी कारोबार गर्न सक्ने व्यवस्था रहेको छ।
असोज महिनामा कनेक्ट आईपीएसमा मात्रै दैनिक औसतमा ४८ हजार ८८६ पटक कारोबार भएका थिए। त्यसबाट तीन अर्ब ४४ करोड रूपैयाँ बराबरको कारोबार भएको एनसीएचएलका जनसम्पर्क अधिकृत प्रिती झाले बताइन्।
त्यसैगरी, असोज महिनामा दैनिक औसतमा इलेक्ट्रोनिक चेक क्लियरेन्स मात्रै ४७ हजार १७४ वटा भएको छ। त्यसबाट २९ अर्ब ९६ करोड रूपैयाँ बराबरको राफसाफ भएको छ।
त्यसैगरी, इन्टर बैंक पेमेन्ट सिस्टम (आईपीएस)मार्फत् दैनिक औसत ४३ हजार १२९ कारोबारबाट ९३ अर्ब ३० करोड बराबरको डिजिटल कारोबार हुने गरेको छ।
कनेक्ट आईपीएस प्रणालीमा अहिले ४९ वटा बैंक तथा वित्तीय संस्था आबद्ध भएका छन्। कनेक्ट आईपीएसअन्तर्गत बैंक तथा वित्तीय संस्थाका ग्राहकहरूले उक्त प्लेटफर्म प्रयोग गरेर डिजिटल कारोबार गर्न सक्छन्।
यस प्लेटफर्ममा उपलब्ध अन्य भुक्तानीहरूमा नेपाल सरकारको राजस्व भुक्तानी, नागरिक लगानी कोषको भुक्तानी, सामाजिक सुरक्षा कोषसम्बन्धी भुक्तानी, क्रेडिट कार्ड बिल भुक्तानी, मोबाइल वालेटमा टपअप, सेयर बजारसँग सम्बन्धित भुक्तानी, ई-कमर्श भुक्तानी, स्कुल, कलेज, इन्स्योरेन्स भुक्तानीजस्ता कारेबारहरू गर्न सकिने व्यवस्था रहेको छ।
" /> काठमाडौं। बैंक तथा वित्तीय संस्थाहरूले डिजिटल कारोबारलाई प्रोत्साहन गरेसँगै कनेक्ट आईपीएसमार्फत हुने कारोबार दैनिक साढे तीन अर्बको हाराहारीमा हुन थालेको छ।मोबाइल, वेब, गेटवे र एपीआईजस्ता मल्टिपल च्यानलहरूमार्फत् सदस्य बैंक तथा वित्तीय संस्थाहरू, भुक्तानी सेवा प्रदायक, भुक्तानी प्रणाली सञ्चालक तथा अन्य संस्थाहरूले उक्त प्रणालीमा भुक्तानी कारोबार गर्न सक्ने व्यवस्था रहेको छ।

">