पर्वत। दुई छिमेकी मुलुक भारत र चीन जोड्ने राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरअन्तर्गत पर्वतको रानीपानी-कुर्घा खण्डको २२ किलोमिटर पक्की सडकका लागि बजेट विनियोजन भएको छ।

पर्वतको बिहादी गाउँपालिका-३, रानीपानीदेखि फलेवास नगरपालिका-१०, कुर्घा लमायखोलासम्मको खण्डका लागि आवश्यक एक अर्ब २४ करोड रूपैयाँ बजेटसहित बहुवर्षीय ठेक्काका लागि अर्थ मन्त्रालयले स्वीकृति दिएको हो।

राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको यो खण्डका लागि बजेट सुनिश्चित भएसँगै अब छिट्टै बोलपत्र आह्वान गरिने कालीगण्डकी करिडोर सडक आयोजना (गैँडाकोट-राम्दी-मालढुङ्गा) प्रमुख सुबोधकुमार देवकोटाले जानकारी दिए।

“बहुवर्षीय ठेक्काका लागि अर्थ मन्त्रालयले स्वीकृति दिएको छ”, प्रमुख देवकोटाले भने, “अब केही दिनभित्रै बोलपत्र आह्वानको प्रक्रिया सुरू गर्छौँ।”

प्रमुख देवकोटाका अनुसार करिडोरको रानीपानी-कुर्घा खण्ड ‘डबल लेन’मा सात मिटर कालोपत्रे हुनेछ। यो सडक कालोपत्रेका लागि राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको निरन्तरको प्रयासका कारण बहुवर्षीय ठेक्का स्वीकृत भएको हो।

ठेक्का सुनिश्चित भएसँगै करिडोरको पर्वत खण्डमा पर्ने लमायखोलादेखि अर्मादीसम्म मात्रै कालोपत्रेका लागि बाँकी रहने छ। सो खण्डमा समेत अहिले ट्र्याक खोल्ने काम भइरहेको छ।

पुससम्ममा ट्र्याक खोल्ने काम सकेर त्यसलाई पनि कालोपत्रेका लागि प्रक्रिया अगाडि बढाइने प्रमुख देवकोटाले जानकारी दिए।

पर्वतको अर्मादीदेखि स्याङ्गजाको सेतीवेणीसम्मको ५३ किमिमध्ये मिर्मीदेखि सेतीवेणीसम्मको सात किमिमा सडक कालोपत्रेको टेण्डर भइसकेको छ भने सेतीवेणीदेखि रानीपानीसम्मको सात किलोमिटर खण्डमा कालोपत्रे गर्ने काम भइरहेको छ।

कालीगण्डकी करिडोरको पर्वत खण्डको महत्त्वपूर्ण मानिएको रानीपानी–कुर्घा खण्डको ठेक्का निश्चित भएपछि बिहादी र फलेवासका स्थानीयवासीले खुसी व्यक्त गरेका छन्। रासस

" /> पर्वत। दुई छिमेकी मुलुक भारत र चीन जोड्ने राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरअन्तर्गत पर्वतको रानीपानी-कुर्घा खण्डको २२ किलोमिटर पक्की सडकका लागि बजेट विनियोजन भएको छ।

पर्वतको बिहादी गाउँपालिका-३, रानीपानीदेखि फलेवास नगरपालिका-१०, कुर्घा लमायखोलासम्मको खण्डका लागि आवश्यक एक अर्ब २४ करोड रूपैयाँ बजेटसहित बहुवर्षीय ठेक्काका लागि अर्थ मन्त्रालयले स्वीकृति दिएको हो।

राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको यो खण्डका लागि बजेट सुनिश्चित भएसँगै अब छिट्टै बोलपत्र आह्वान गरिने कालीगण्डकी करिडोर सडक आयोजना (गैँडाकोट-राम्दी-मालढुङ्गा) प्रमुख सुबोधकुमार देवकोटाले जानकारी दिए।

“बहुवर्षीय ठेक्काका लागि अर्थ मन्त्रालयले स्वीकृति दिएको छ”, प्रमुख देवकोटाले भने, “अब केही दिनभित्रै बोलपत्र आह्वानको प्रक्रिया सुरू गर्छौँ।”

प्रमुख देवकोटाका अनुसार करिडोरको रानीपानी-कुर्घा खण्ड ‘डबल लेन’मा सात मिटर कालोपत्रे हुनेछ। यो सडक कालोपत्रेका लागि राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको निरन्तरको प्रयासका कारण बहुवर्षीय ठेक्का स्वीकृत भएको हो।

ठेक्का सुनिश्चित भएसँगै करिडोरको पर्वत खण्डमा पर्ने लमायखोलादेखि अर्मादीसम्म मात्रै कालोपत्रेका लागि बाँकी रहने छ। सो खण्डमा समेत अहिले ट्र्याक खोल्ने काम भइरहेको छ।

पुससम्ममा ट्र्याक खोल्ने काम सकेर त्यसलाई पनि कालोपत्रेका लागि प्रक्रिया अगाडि बढाइने प्रमुख देवकोटाले जानकारी दिए।

पर्वतको अर्मादीदेखि स्याङ्गजाको सेतीवेणीसम्मको ५३ किमिमध्ये मिर्मीदेखि सेतीवेणीसम्मको सात किमिमा सडक कालोपत्रेको टेण्डर भइसकेको छ भने सेतीवेणीदेखि रानीपानीसम्मको सात किलोमिटर खण्डमा कालोपत्रे गर्ने काम भइरहेको छ।

कालीगण्डकी करिडोरको पर्वत खण्डको महत्त्वपूर्ण मानिएको रानीपानी–कुर्घा खण्डको ठेक्का निश्चित भएपछि बिहादी र फलेवासका स्थानीयवासीले खुसी व्यक्त गरेका छन्। रासस

"> कालीगण्डकी करिडोरको रानीपानी-कुर्घा खण्ड कालोपत्रे गर्न बजेट स्वीकृत: Dekhapadhi पर्वतको रानीपानीदेखि कुर्घा लमायखोलासम्मको खण्डका लागि आवश्यक एक अर्ब २४ करोड रूपैयाँ बजेटसहित बहुवर्षीय ठेक्काका लागि अर्थ मन्त्रालयले स्वीकृति दिएको हो। ">
फाइल तस्वीर।
कालीगण्डकी करिडोरको रानीपानी-कुर्घा खण्ड कालोपत्रे गर्न बजेट स्वीकृत
पर्वत। दुई छिमेकी मुलुक भारत र चीन जोड्ने राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरअन्तर्गत पर्वतको रानीपानी-कुर्घा खण्डको २२ किलोमिटर पक्की सडकका लागि बजेट विनियोजन भएको छ।

पर्वतको बिहादी गाउँपालिका-३, रानीपानीदेखि फलेवास नगरपालिका-१०, कुर्घा लमायखोलासम्मको खण्डका लागि आवश्यक एक अर्ब २४ करोड रूपैयाँ बजेटसहित बहुवर्षीय ठेक्काका लागि अर्थ मन्त्रालयले स्वीकृति दिएको हो।

राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको यो खण्डका लागि बजेट सुनिश्चित भएसँगै अब छिट्टै बोलपत्र आह्वान गरिने कालीगण्डकी करिडोर सडक आयोजना (गैँडाकोट-राम्दी-मालढुङ्गा) प्रमुख सुबोधकुमार देवकोटाले जानकारी दिए।

“बहुवर्षीय ठेक्काका लागि अर्थ मन्त्रालयले स्वीकृति दिएको छ”, प्रमुख देवकोटाले भने, “अब केही दिनभित्रै बोलपत्र आह्वानको प्रक्रिया सुरू गर्छौँ।”

प्रमुख देवकोटाका अनुसार करिडोरको रानीपानी-कुर्घा खण्ड ‘डबल लेन’मा सात मिटर कालोपत्रे हुनेछ। यो सडक कालोपत्रेका लागि राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको निरन्तरको प्रयासका कारण बहुवर्षीय ठेक्का स्वीकृत भएको हो।

ठेक्का सुनिश्चित भएसँगै करिडोरको पर्वत खण्डमा पर्ने लमायखोलादेखि अर्मादीसम्म मात्रै कालोपत्रेका लागि बाँकी रहने छ। सो खण्डमा समेत अहिले ट्र्याक खोल्ने काम भइरहेको छ।

पुससम्ममा ट्र्याक खोल्ने काम सकेर त्यसलाई पनि कालोपत्रेका लागि प्रक्रिया अगाडि बढाइने प्रमुख देवकोटाले जानकारी दिए।

पर्वतको अर्मादीदेखि स्याङ्गजाको सेतीवेणीसम्मको ५३ किमिमध्ये मिर्मीदेखि सेतीवेणीसम्मको सात किमिमा सडक कालोपत्रेको टेण्डर भइसकेको छ भने सेतीवेणीदेखि रानीपानीसम्मको सात किलोमिटर खण्डमा कालोपत्रे गर्ने काम भइरहेको छ।

कालीगण्डकी करिडोरको पर्वत खण्डको महत्त्वपूर्ण मानिएको रानीपानी–कुर्घा खण्डको ठेक्का निश्चित भएपछि बिहादी र फलेवासका स्थानीयवासीले खुसी व्यक्त गरेका छन्। रासस

प्रतिक्रिया दिनुहोस्