काठमाडौँ। आन्तरिक राजस्व कार्यालय विराटनगरले चालू आर्थिक वर्ष २०७७/७८ को तीन महिनामा लक्ष्यभन्दा ३० करोड ८३ लाख ७६ हजार कम राजस्व संकलन गरेको छ।
कार्यालयले साउनदेखि असोजसम्ममा एक अर्ब ९४ करोड ५२ लाख एक हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो।
तर, यस अवधिमा एक अर्ब ६३ करोड ६८ लाख २५ हजार रुपैयाँ मात्रै राजस्व संकलन भएको छ।
खास गरी, कोरोना भाइरस महामारीका कारण औद्योगिक उत्पादनमा कमी आउनु र मदिराजन्य पदार्थको कारोबारमा गिरावट आउँदा लक्ष्य पूरा नभएको कार्यालयले जानकारी दिएको छ।
यद्यपि, यस तीन महिने अवधिमा कार्यालयले आफ्नो लक्ष्यको ८४ प्रतिशत राजस्व संकलन गर्न सफल भएको छ। असोज महिनासम्ममा आम्दानी करमा १११ प्रतिशत र मूल्य अभिवृद्धि करमा १३७ प्रतिशत प्रगति हासिल भएको छ। तर, अन्तःशुल्कमा भने लक्ष्यको ५० प्रतिशत मात्रै प्रगति देखिएको छ।
हालसम्म ५४ करोड ८८ लाख आम्दानी कर, ५७ करोड १५ लाख ४७ हजार मूल्य अभिवृद्धि कर र ५१ करोड ६४ लाख ७८ लाख रुपैयाँ अन्तःशुल्क असुली भएको छ।
" /> काठमाडौँ। आन्तरिक राजस्व कार्यालय विराटनगरले चालू आर्थिक वर्ष २०७७/७८ को तीन महिनामा लक्ष्यभन्दा ३० करोड ८३ लाख ७६ हजार कम राजस्व संकलन गरेको छ।कार्यालयले साउनदेखि असोजसम्ममा एक अर्ब ९४ करोड ५२ लाख एक हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो।

">