काठमाडौं। कोरोना विरुद्धको भ्याक्सिन ९४ प्रतिशत सफल भएपछि सुनको मूल्यमा एकै दिन ठूलो गिरावट आएको छ।
औषधि निर्माता कम्पनीहरु फाइजर र वायो एन टेकले संयुक्तरुपमा विकास गरेको कोभिड-१९ विरुद्धको खोप सफल हुँदा सुनको मूल्य तीन हजार ४०० रुपैयाँले घटेको हो।
खासगरी, कोरोनाले विश्व अर्थतन्त्रलाई तहसनहत पारिरहँदा अन्तर्राष्ट्रिय लगानीकर्ताले सुन बजारमा ठूलो लगानी गर्दै आएका थिए।
उनीहरुले लगानीको सुरक्षित क्षेत्रको रुपमा र नाफा सुनिश्चित गर्नका लागि यस क्षेत्रमा लगानी गर्दा सुनको मूल्यले किर्तिमान कायम गर्दै आएको थियो।
महामारीको समयमा लगानीकर्ताको आर्कषणमा पर्दा सुनको भाउ बढेर प्रतितोला १ लाख रुपैयाँभन्दा पनि माथि पुगेको थियो।
भ्याक्सिन निर्माण भएसँगै उनीहरुका लागि अन्य क्षेत्रमा समेत लगानीको वातावरण बन्ने र लगानीकर्ताले सुनबाट नाफा सुरक्षित गर्दा मूल्य घटेको सुन व्यवसायी तेजरत्न शाक्यले बताए।
उनले भने, “यसअघि रसियाले भ्याक्सिन बनाएको समाचारहरु आउँदा पनि एकै दिन ६ हजारभन्दा बढीले घटेको थियो।”
यसअघि, साउन २८ गते रसियाले कोरोना विरुद्धको भ्याक्सिन बनाएको समाचारहरु आउँदा सुनको भाउ एकै दिन ६ हजार २०० रुपैयाँले घटेको थियो।
उनका अनुसार कोरोनाका कारण अन्य क्षेत्रको लगानीमा अनिश्चितता आउँदा लगानीकर्ताले सुनलाई छान्छन्। विश्व्यापी महामारी फैलिँदै गर्दा सबै जसो क्षेत्रको व्यापार चौपट भएको थियो।
विश्वभरको सेयर बजारमा समेत अनिश्चितता छाएको थियो। त्यसैगरी, तेलको बिक्रीमा समेत व्यापाक गिरावट आएको थियो। सोहीकारण, अन्तर्राष्ट्रिय लगानीकर्ताले सुन बजार सुरक्षित लगानीको क्षेत्र भएकाले यस क्षेत्रमा लगानी गरेका थिए।
तर, कोरोनाको भ्याक्सिन सफल भएपछि विश्व अर्थतन्त्र चलायमान हुने र सबै क्षेत्र पुरानै अवस्थामा आउने आँकलन गर्दै सुनमा गरेको लगानी सुरक्षित गरेपछि मूल्य घटेको हो।
भ्याक्सिन बन्नुका साथै, अमेरिकी राष्ट्रपतीको निर्वाचनमा डोनाल्ड ट्रम्पको पराजय र जोइ बाइडेन बिजय भएकाले समेत सुनको मूल्य घटेको शाक्यले बताए।
उनले भने, “अमेरिकी राष्ट्रपतिमा बाइडेन चुनिएपछि अमेरिकाको अर्थतन्त्र लयमा फर्किने आँकलन गरिएको छ। सोहीकारण, सुनमा गरेको लगानीबाट आएको नाफा सुरक्षित गरिएको हो।”
" /> काठमाडौं। कोरोना विरुद्धको भ्याक्सिन ९४ प्रतिशत सफल भएपछि सुनको मूल्यमा एकै दिन ठूलो गिरावट आएको छ।औषधि निर्माता कम्पनीहरु फाइजर र वायो एन टेकले संयुक्तरुपमा विकास गरेको कोभिड-१९ विरुद्धको खोप सफल हुँदा सुनको मूल्य तीन हजार ४०० रुपैयाँले घटेको हो।

">