काठमाडौं। विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरस महामारीले नेपालीहरूको महान चाड दसैँसँगै तिहारमा पनि आफ्नो प्रभाव पारेको छ। जसकारण, उज्यालोको पर्व तिहारमा झिलिमिली बत्तीको व्यापार घटेको छ।
नेपाल विद्युतीय व्यवसायी महासंघका अनुसार कोरोनाले झिलिमिली बत्तीको व्यापार कम्तीमा ६० प्रतिशतसम्म खुम्च्याएको छ।
गत वर्षको तिहारमा ६० करोड रूपैयाँ बराबरका झिलिमिली बत्ती आयात भएको थियो। तर, यो वर्षको तिहारलाई लक्षित गरेर १८ करोड रूपैयाँको मात्रै बत्ती आयात हुने महासंघले बताएको छ।
महासंघका अध्यक्ष सुदर्शन पौडेलले तिहारलाई लक्षित गरेर १५ देखि १८ करोडसम्मको झिलिमिली बत्ती आयात हुने बताए। उनले भने, “सबैजसो वस्तुको माग घटेसँगै झिलिमिली बत्तीको माग पनि घटेको छ।”
उनका अनुसार मानिसहरूले महामारीका कारण आम्दानी घट्दा अत्यावश्यक वस्तुमा समेत खर्च कटौती गरेका छन्।
त्यसैले झिलिमिली अत्यावश्यक वस्तुहरूको सूचीमा नपर्ने भएकाले पनि यस क्षेत्रको व्यापार ह्वात्तै खुम्चिएको उनको भनाइ छ।
गुणस्तरमा समस्या
अघिल्ला वर्षहरूमा व्यापारीहरू चीनमा आफैँ गएर बत्तीको गुणस्तर परीक्षण गरेर सामान ल्याउँथे।
तर, कोरोना महामारीका कारण यो वर्ष व्यापारीहरू चीन जान नपाएको महासंघले जानकारी दिएको छ। अध्यक्ष पौडेलले चीन गएर बत्तीको गुणस्तर परीक्षण गर्न नपाएको बताए।
“यो वर्ष व्यापारीहरूले विद्युतीय माध्यमबाट परीक्षण नगरी अर्डर गर्न पर्‍याे”, उनले भने, “इमेल, भिडियो कल र अन्य भर्चुअल माध्यमबाट सामान किन्न पर्‍याे।”
यस्तै, महासंघका निवर्तमान अध्यक्ष तेजनारायण खरेलले व्यापारीहरू चीन गएर सामान छान्न नपाउँदा यस वर्षको झिलिमिली बत्तीको गुणस्तरमा समस्या हुन सक्ने बताए।
उनले सोही कारण व्यापारीहरूलाई आर्थिक क्षति हुन सक्ने समेत बताए। तर, त्यसरी हचुवाको भरमा किनिएको सामान गुणस्तरहीन भए पनि उपभोक्तासम्म भने नपुग्ने उनको भनाइ छ।
किनेर ल्याएको सामान व्यापारीले परीक्षण गरेर बिक्री गर्ने भएकाले उपभोक्ता समक्ष गुणस्तरहीन नपुग्ने उनको दाबी छ। यद्यपि उपभोक्ताले किन्ने समयमा बत्ती बल्ने वा नबल्ने मात्रै हेर्ने गरेका छन्। जसकारण किनेर लगेको केही घन्टा बलेपछि समस्या आउन सक्ने सम्भावना भने देखिन्छ।
मूल्य यथावत्
कोरोनाका कारण व्यापार खुम्चिएकाले ‘फेस्टिभल लाइट’को मूल्य नबढ्ने व्यापारीहरूले बताएका छन्। गत वर्षको मूल्य वा त्योभन्दा कम मूल्यमै झिलिमिली बत्ती पाइने उनीहरूको तर्क छ।
जसअनुसार, बजारमा ५० रूपैयाँदेखि दुई हजार रूपैयाँसम्म पर्ने ‘फेस्टिभल लाइट’ पाइने बताइएको छ। यो मूल्य उपभोक्ताले पाउने भने होइन।
महासंघका अनुसार उक्त मूल्य होलसेल व्यापारीले खुद्रा व्यापारीलाई बेच्ने मूल्य भएको बताएको छ।
उत्तरी नाका नखुल्दा समस्या
नेपाल र चीनबीचको व्यापारिक नाका केरुङ र तातोपानी गत वर्षको माघ महिनादेखि बन्द छ। माघमा हुने तिब्बतमा मनाइने पर्वका कारण १५ दिनका लागि बन्द गरिएका नाका त्यसयता लगातार बन्द छन्।
वुहानमा कोरोना भाइरस भेटिएपछि सुरक्षा सतर्कता भन्दै नेपाल र चीन सरकारले पालैपालो नाका बन्द गर्दै आएका छन्।
सुरूमा चीनमा भाइरस भेटिँदा नेपालतर्फबाट र अहिले नेपालमा संक्रमण बढ्दै जाँदा चीनले नाकामा अवरोध गरिरहेको छ।
त्यसैले चीनको नाका हुँदै चिनियाँ सामान ल्याउन समस्या भएको व्यापारीहरूले बताएका छन्।
उनीहरूका अनुसार तिहारमा खपत हुने ९० प्रतिशत झिलिमिली बत्ती चीनबाट आउँछ। बाँकी १० प्रतिशत मात्रै अन्य मुलुकबाट आउँछ।
" /> काठमाडौं। विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरस महामारीले नेपालीहरूको महान चाड दसैँसँगै तिहारमा पनि आफ्नो प्रभाव पारेको छ। जसकारण, उज्यालोको पर्व तिहारमा झिलिमिली बत्तीको व्यापार घटेको छ।
नेपाल विद्युतीय व्यवसायी महासंघका अनुसार कोरोनाले झिलिमिली बत्तीको व्यापार कम्तीमा ६० प्रतिशतसम्म खुम्च्याएको छ।
गत वर्षको तिहारमा ६० करोड रूपैयाँ बराबरका झिलिमिली बत्ती आयात भएको थियो। तर, यो वर्षको तिहारलाई लक्षित गरेर १८ करोड रूपैयाँको मात्रै बत्ती आयात हुने महासंघले बताएको छ।
महासंघका अध्यक्ष सुदर्शन पौडेलले तिहारलाई लक्षित गरेर १५ देखि १८ करोडसम्मको झिलिमिली बत्ती आयात हुने बताए। उनले भने, “सबैजसो वस्तुको माग घटेसँगै झिलिमिली बत्तीको माग पनि घटेको छ।”
उनका अनुसार मानिसहरूले महामारीका कारण आम्दानी घट्दा अत्यावश्यक वस्तुमा समेत खर्च कटौती गरेका छन्।
त्यसैले झिलिमिली अत्यावश्यक वस्तुहरूको सूचीमा नपर्ने भएकाले पनि यस क्षेत्रको व्यापार ह्वात्तै खुम्चिएको उनको भनाइ छ।
गुणस्तरमा समस्या
अघिल्ला वर्षहरूमा व्यापारीहरू चीनमा आफैँ गएर बत्तीको गुणस्तर परीक्षण गरेर सामान ल्याउँथे।
तर, कोरोना महामारीका कारण यो वर्ष व्यापारीहरू चीन जान नपाएको महासंघले जानकारी दिएको छ। अध्यक्ष पौडेलले चीन गएर बत्तीको गुणस्तर परीक्षण गर्न नपाएको बताए।
“यो वर्ष व्यापारीहरूले विद्युतीय माध्यमबाट परीक्षण नगरी अर्डर गर्न पर्‍याे”, उनले भने, “इमेल, भिडियो कल र अन्य भर्चुअल माध्यमबाट सामान किन्न पर्‍याे।”
यस्तै, महासंघका निवर्तमान अध्यक्ष तेजनारायण खरेलले व्यापारीहरू चीन गएर सामान छान्न नपाउँदा यस वर्षको झिलिमिली बत्तीको गुणस्तरमा समस्या हुन सक्ने बताए।
उनले सोही कारण व्यापारीहरूलाई आर्थिक क्षति हुन सक्ने समेत बताए। तर, त्यसरी हचुवाको भरमा किनिएको सामान गुणस्तरहीन भए पनि उपभोक्तासम्म भने नपुग्ने उनको भनाइ छ।
किनेर ल्याएको सामान व्यापारीले परीक्षण गरेर बिक्री गर्ने भएकाले उपभोक्ता समक्ष गुणस्तरहीन नपुग्ने उनको दाबी छ। यद्यपि उपभोक्ताले किन्ने समयमा बत्ती बल्ने वा नबल्ने मात्रै हेर्ने गरेका छन्। जसकारण किनेर लगेको केही घन्टा बलेपछि समस्या आउन सक्ने सम्भावना भने देखिन्छ।
मूल्य यथावत्
कोरोनाका कारण व्यापार खुम्चिएकाले ‘फेस्टिभल लाइट’को मूल्य नबढ्ने व्यापारीहरूले बताएका छन्। गत वर्षको मूल्य वा त्योभन्दा कम मूल्यमै झिलिमिली बत्ती पाइने उनीहरूको तर्क छ।
जसअनुसार, बजारमा ५० रूपैयाँदेखि दुई हजार रूपैयाँसम्म पर्ने ‘फेस्टिभल लाइट’ पाइने बताइएको छ। यो मूल्य उपभोक्ताले पाउने भने होइन।
महासंघका अनुसार उक्त मूल्य होलसेल व्यापारीले खुद्रा व्यापारीलाई बेच्ने मूल्य भएको बताएको छ।
उत्तरी नाका नखुल्दा समस्या
नेपाल र चीनबीचको व्यापारिक नाका केरुङ र तातोपानी गत वर्षको माघ महिनादेखि बन्द छ। माघमा हुने तिब्बतमा मनाइने पर्वका कारण १५ दिनका लागि बन्द गरिएका नाका त्यसयता लगातार बन्द छन्।
वुहानमा कोरोना भाइरस भेटिएपछि सुरक्षा सतर्कता भन्दै नेपाल र चीन सरकारले पालैपालो नाका बन्द गर्दै आएका छन्।
सुरूमा चीनमा भाइरस भेटिँदा नेपालतर्फबाट र अहिले नेपालमा संक्रमण बढ्दै जाँदा चीनले नाकामा अवरोध गरिरहेको छ।
त्यसैले चीनको नाका हुँदै चिनियाँ सामान ल्याउन समस्या भएको व्यापारीहरूले बताएका छन्।
उनीहरूका अनुसार तिहारमा खपत हुने ९० प्रतिशत झिलिमिली बत्ती चीनबाट आउँछ। बाँकी १० प्रतिशत मात्रै अन्य मुलुकबाट आउँछ।
प्रतिक्रिया दिनुहोस्