काठमाडौं। आवास तथा विद्यालय पुनर्निर्माणका लागि गरेको प्रतिबद्धता अनुरूप भारतले एक अर्ब ५४ करोड रूपैयाँ नेपाललाई सहयोग गरेको छ।
काठमाडौंस्थित भारतीय दूतावास उप-प्रमुख नामग्य खम्पाले अर्थ मन्त्रालयका सचिव शिशिरकुमार ढुङ्गानालाई सो रकम बराबरको चेक हस्तान्तरण गरेकी हुन्।
भारत सरकारले आवास परियोजनाअन्तर्गत १५ करोड अमेरिकी डलर अनुदान सहायता नेपाल सरकारलाई उपलब्ध गराउने प्रतिबद्धता गरेको थियो।
यस चेक हस्तान्तरणसँगै भारतले आवास क्षेत्रको पुनर्निर्माणका लागि नेपाल सरकारलाई अनुदान सहायताको सात करोड २० लाख अमेरिकी डलर उपलब्ध गराइसकेको छ।
भारत सरकारले गोरखा र नुवाकोट जिल्लाका ५० हजार निजी आवास पुनर्निर्माणका लागि गरेको प्रतिबद्धतामध्ये ९२ प्रतिशत घरधुरी निर्माण सम्पन्न भइसकेको छ।
यस्तै पाँच करोड अमेरिकी डलर अनुदान सहायताअन्तर्गत ७० वटा विद्यालय र एक पुस्तकालयको पुनर्निर्माणका लागि पनि सहयोग प्रतिबद्धता गरेको छ।
यसमध्ये भारत सरकारले विद्यालय पुनर्निर्माण तर्फको ४२ लाख अमेरिकी डलर बराबरको पहिलो किस्ता नेपाल सरकारलाई उपलब्ध गराइसकेको छ।
“भूकम्पपछिको पुनर्निर्माण तर्फको प्रयासमा नेपाल सरकार तथा नेपाली जनतालाई निरन्तर सहयोग गर्न भारत सरकार प्रतिबद्ध रहन्छ,” दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
" /> काठमाडौं। आवास तथा विद्यालय पुनर्निर्माणका लागि गरेको प्रतिबद्धता अनुरूप भारतले एक अर्ब ५४ करोड रूपैयाँ नेपाललाई सहयोग गरेको छ।काठमाडौंस्थित भारतीय दूतावास उप-प्रमुख नामग्य खम्पाले अर्थ मन्त्रालयका सचिव शिशिरकुमार ढुङ्गानालाई सो रकम बराबरको चेक हस्तान्तरण गरेकी हुन्।

">