कारोबारमा समस्या, नेप्सेको उकालो यात्रा जारी
काठमाडाैं। नेपाल स्टक एक्सचेञ्जको प्रणालीमा आएको समस्यामा कारण धितोपत्र बजारमा शेयर कारोबारमा समस्या देखिएको छ। आज बिहान ११ः०० बजे कारोबार शुरु हुने बित्तिकै देखिएको समस्या दिउँसो ३ः०० बजेसम्म जारी रहेको थियो।

समस्या समाधान नहुञ्जेलसम्म नेप्सेले कारोबार समय थप गरेको थियो। नेप्सेले कारोबार समय साँझ ५:१५ सम्म थप गरेको थियो। थप गरिएको समयमा समेत भएको आजको कारोबारमा नेप्से परिसूचक ४.६४ विन्दुले बढेर एक हजार ४६२.६७ मा पुगेको छ। नेप्से बढे पनि सेन्सेटिभ परिसूचक भने ओरोलो लागेको छ। सेन्सेटिभ परिसूचक ०.८० ले घटेर २९६.२९ मा पुगेको छ।

कूल १८६ कम्पनीका ३६ लाख ८५ हजार ९६३ कित्ता शेयर रु एक अर्ब ६१ करोड ४५ लाख ५४ हजार ३०० मूल्यमा खरिद बिक्री भए। कारोबार भएका कूल १२ उपसमूहमध्ये आज तीन उपसमूहको शेयर ओरालो लागेको छ। त्यसमा बैंकिङ ७.४४, विकास बैंक ०.४५ र सामूहिक लगानी कोष ०.०३ अङ्कले घटे।

यस्तै व्यापार १८.०७, होटल ०.६३, जलविद्युत् ९.३९, वित्त १.६२, निर्जीवन बीमा ९४.३, उत्पादन २६.५६, अन्य २६.१३, लघुवित्त २.३७ र जीवन बीमा २६.३२ अङ्कले बढेको छ।

स्टकका अनुसार आज कारोबारका आधारमा नेपाल पुनरबीमा कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको रु ३४ करोड ३२ लाख १० हजार २३५ बराबरको कारोबार भयो।

यस्तै एनआरएन इन्फ्रास्ट्रकचर रु ११ करोड ८४ लाख ९० हजार १३०, नेको इन्स्योरेन्स रु आठ करोड ४४ लाख ५० हजार १७७ र शिवम् सिमेन्ट रु सात करोड ८९ लाख ८९ हजार ५८० बराबरको कारोबार भई शीर्ष स्थानमा रहे।

यस्तै, कारोबारका आधारमा आज एनआरएन इन्फ्रास्ट्रकचर ९.७६, नेपाल पुनरबीमा कम्पनी ८.६०, सिद्धार्थ इन्स्योरेन्स ८.१८, उन्नति सहकार्य लघुवित्त ७.९८, हिमालयन पावर पार्टनर ७.६४ र अरुण काबेली पावरका लगानीकर्ताले ७.६३ प्रतिशतले कमाए।

त्यस्तै, तारागाउँ रिजेन्सी होटल ५.१६, लक्ष्मी इक्विटी फण्ड ३.६६, मल्पिर्पस फिनान्स कम्पनी ३.५४, युनियन हाइड्रोपावर ३.५१  र वेस्ट फाइनान्स कम्पनीका लगानीकर्ताले २.९४ प्रतिशतले गुमाए।

प्रतिक्रिया दिनुहोस्