कोरोना महामारीबीच ३७ देशबाट नेपाली स्वदेश फर्के, ९७ देशका नागरिक नेपालबाट गए <p>काठमाडौं।&nbsp;गत चैत ११ गते यता कोरोना महामारीका कारण विभिन्न देशमा अलपत्र परेका साढे ५० हजार भन्दा बढी नेपाली जहाज मार्फत स्वदेश फर्केका छन्।</p> <p>अध्यागमन विभागको तथ्याङ्क अनुसार २०७६ चैत ११ देखि २०७७ साउन ३२ गतेसम्म विभिन्न देशबाट ५० हजार ७२३ जना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल आएका छन्।</p> <p>नेपाल आएका मध्ये ५० हजार ५१५ जना नेपाली र बाँकी विदेशी नागरिक हुन्।&nbsp;कोरोना महामारीका बीच ३७ देशका नागरिक नेपाल आएको विभागको तथ्याङ्कले देखाउँछ।&nbsp;</p> <p>सोही अवधिमा नेपालबाट २० हजार ७१० जना विदेश गएका छन्। नेपालबाट विदेश जानेमा ११ हजार २२६ जना नेपाली रहेका छन् भने बाँकी विदेशी नागरिक। यो अवधिमा नेपालबाट ९७ भन्दा बढी देशका नागरिक स्वदेश फर्केका छन्।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्