एनआरएनएले गर्यो सरकारको ध्यानाकर्षण, भन्यो- खाडी लगायतका राष्ट्रमा अलपत्र परेकाको छिटो उद्धार गर
काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए)ले खाडी लगायतका राष्ट्रमा अलपत्र परेका नेपालीको यथाशिघ्र उद्धार गर्न सरकारको ध्यानाकर्षण गरेको छ।

संघले उच्च स्वास्थ्य मापदण्ड अपनाएर अन्तर्राष्ट्रिय उडानहरु नियमित गर्न पनि भनेको छ। संघले आज बिभिन्न विषयमा सरकारको ध्यानाकर्षण गर्दै उपप्रधान तथा रक्षा मन्त्री एवं कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिका संयोजक ईश्वर पोखरेललाई ज्ञापन पत्र बुझाएको हो।

“खाडी लगायत अन्य मुलुकमा अलपत्र परेका र काम नै गुमाएर दैनिक गुजारा गर्नसम्म हम्मे परेका नेपालीको संख्या ठूलो छ।

विदेशी भूमिमा रोग र भोकको भयमा बस्नुपरेका, प्रवेशाज्ञा सकिएर अलपत्र परेका र अन्य विविध कारण विदेश मै रोकिएकाको उद्धार यथाशीघ्र गरिनु पर्नेमा संघले जोड दिंदै आएको छ,” ज्ञापन पत्रमा उल्लेख छ।

कोरोना महामारीका कारण विश्वभर रहेका नेपाली प्रभावित भएका छन्। संघले विदेशमा बसेका नेपालीहरुको अवस्था अद्यावधिक गर्ने देखि एक उच्चस्तरीय समिति गठन गरी हटलाइन सेवा, राहत वितरण, उद्धार उडानमा सहजीकरण, स्वास्थ्य सामग्री एवं खाद्यान्न वितरण लगायत सहायताका कार्यलाई जारी राखेको छ।

संघले विश्वका ५० देशमा २१ हजारभन्दा बढी स्वयंसेवक परिचालन गरी करिब ८० हजारभन्दा बढी नेपालीलाई राहत, स्वास्थ्य सामग्री तथा आर्थिक सहायता पु¥याइरहेको जनाएको छ।

“सरकारले विदेशबाट उल्लेख्य संख्याको उद्धार गरे पनि अझै हजारौं नेपाली उतै रोकिएकाले चिन्ता बढाएको छ। अन्तर्राष्ट्रिय उडान पुनः स्थगित गर्ने वा सीमित उद्धार गर्ने जस्ता अस्पष्ट निर्णयले विदेशमा अलपत्र नेपालीको समस्या सम्बोधनमा अझै अनिश्चतता थपेको छ,” संघले भनेको छ।

विदेशमा अलपत्र परेका नेपालीलाई एकातिर चार्टर्ड उडानको अति नै महंगो भाडा  तिर्नुपर्ने बाध्यता र अर्कोतिर फर्कन पाउने वा नपाउने भन्ने अन्योलले थप पिरोलेको समेत संघले जनाएको छ।

संघको विज्ञप्तिमा भनिएको छ, “यसर्थ उच्च स्वास्थ्य सावधानीका मापदण्ड अपनाएर अन्तर्राष्ट्रिय उडान नियमित बनाउन तथा बेखर्ची भएर अलपत्र परेकाहरुलाई विनाशर्त वैदेशिक रोजगार कल्याणकारी कोषमार्फत् उद्धार गर्नसमेत संघ सरकारसंग माग गर्दछ।”

यसैगरी, कोरोना  नियन्त्रण गर्न विश्वभर छरिएर रहेका स्वास्थ्यविज्ञहरु नेपाल सरकारसंग सहकार्य गर्न आतुर रहेको समेत संघले जनाएको छ। “महामारीको यस कठिन घडीमा सरकारसंग थप सहकार्य गर्न संघ तयार छ,” संघले भनेको छ।

प्रतिक्रिया दिनुहोस्