माछापुच्छ्रे बैंकले एकैपटक खोल्यो ११ नयाँ शाखा

काठमाडौं । माछापुच्छ्रे बैंकले एकैपटक देशका विभिन्न स्थानमा ११ शाखा कार्यालय स्थापना गरेको छ ।

बैंकले चितवनको हाकिमचोक र पर्सा, नवलपरासीको बर्दघाट, रुपन्देहीको मनिग्राम, कपिलवस्तुको चन्द्रौटा र तैलिहवामा नयाँ शाखा स्थापना गरेको हो ।

त्यस्तै, दाङको तुलसीपुर र लमही, बर्दियाको गुलरिया तथा कैलालीको लम्की र अत्तरियामा शाखा विस्तार गरेको छ ।

नयाँ ११ सँगै बैंकका १४४ शाखा पुगेका छन् । बैंकले १६७ वटा एटीएममार्फत् पनि सेवा प्रवाह गरिरहेको छ ।