चितवन । नारायणी नदीमा निर्माण भइरहेको ‘रिभर क्रुजसीप’को परीक्षण एक महीनाभित्र गरिने भएको छ ।

सरकारले घोषणा गरेको ‘नेपाल पर्यटन वर्ष २०२०’ लाई लक्षित गर्दै परीक्षणपछि आगामी पुसदेखि व्यावसायिकरूपमा सञ्चालन गर्ने तयारी गरिएको हो ।

भरतपुर महानगरपालिका–१६ को ज्ञानेश्वर सामुदायिक वनसँगै नारायणी नदी छेउमा क्रुज निर्माणकार्य भइरहेको छ । क्रुज १०० फिट लम्बाइ र २५ फिट चौडाइको हुनेछ ।

क्रुज निर्माण गरिरहेको राइनो वाटर इन्टरटेन्मेन्ट प्रालिका प्रबन्ध निर्देशक रामचन्द्र कँडेलका अनुसार क्रुजको बाहिरी भागमा सिसा राख्न मात्र बाँकी छ ।

क्रुजको इञ्जिन जडान भइसकेको छ । भित्री भागमा कुर्सी, टेबल, भान्छा, बार बन्ने क्रममा रहेको उनको भनाइ छ ।

कँडेलका अनुसार, क्रुजको भुइँतलामा ९०, पहिलो तलामा १०० जना बस्न मिल्ने सिट रहनेछन् ।

पहिलो तलाको अगाडिपट्टि र दोस्रो तलाको खुला ठाउँमा १५ जना उभिन मिल्नेछ भने पहिलो तलामा १० विशिष्ट व्यक्तिका लागि कुर्सी राखिनेछ ।

प्रत्येक ‘क्रुजिङ’ करीब तीन घण्टाको हुनेछ । क्रुज सञ्चालनका लागि काभ्रेघाट, देवघाट हुँदै गोलाघाटसम्म २५ किलोमिटरको दूरीसमेत अध्ययन भइसकेको छ ।

केही समयका लागि क्रुजसीप सञ्चालनको लागि आवश्यक क्रिउ मेम्बर र प्राविधिक विदेशी हुने जनाइएको छ ।

दुई इञ्जिन रहेको क्रुजको गति प्रतिघण्टा ३५ किलोमिटर हुनेछ ।

क्रुज निर्माणका लागि १५ करोड रूपैयाँ खर्च हुने निर्माण कम्पनीले जनाएको छ । रासस

" /> चितवन । नारायणी नदीमा निर्माण भइरहेको ‘रिभर क्रुजसीप’को परीक्षण एक महीनाभित्र गरिने भएको छ ।

"> नारायणी नदीमा एक महीनाभित्र क्रुजको परीक्षण: Dekhapadhi
नारायणी नदीमा एक महीनाभित्र क्रुजको परीक्षण

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्